टेलिकमले ल्यान्ड लाइन र पोस्टपेड मोबाइलको शुल्क घटायो - News site from Nepal
टेलिकमले ल्यान्ड लाइन र पोस्टपेड मोबाइलको शुल्क घटायो

काठमाडौं : नेपाल टेलिकमले ल्यान्ड लाइन टेलिफोन (पीएसटीएन) र पोस्टपेड मोबाइल सेवाको मूल्य घटाएको छ। टेलिकमले घटाएको नयाँ मूल्य अनुसार अब एक हजार ६ यस ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९४५ रुपैयाँमा पोष्टपेड मोबाइल सेवा लिन पाइनेछ।
यसअघि स्थानीय टेलिफोन २ हजार २०० रुपैयाँ र पोस्टपेड मोबाइल फोन लिन १ हजार ५१० रुपैयाँ तिर्नुपर्थ्यो। यसअघि टेलिफोन नामसारी गर्दा एक हजार २४३ रुपैयाँ बुझाउनुपर्थ्यो। अबदेखि ६७८ रुपैयाँ मात्र भुक्तानी गर्दा नामसारी हुनेछ।
आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय मात्र लिने व्यवस्था भएअनुरुप नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ल्याण्डलाइन टेलिफोन र पोष्टपेड मोबाइल पहिलेभन्दा कम दरमा उपलब्ध हुने छ ।
उक्त विधेयक कार्यान्वयन भएपछि ल्याण्डलाइन टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्क ५ सय ६५ रुपैयाँ घटेको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ तिर्नुपर्थ्यो। अब ६ सय ७८ रुपैयाँ तिरे पुग्छ। परिमार्जित शुल्क साउन १ बाटै लागू भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!