पर्वत–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महाशीला गाउँपालिकाको शपथग्रहण तथा पालिका कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।
नेकपाको महाशीला गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा पहिलो बैठक सम्पन्न भएको हो । नवगठित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले शपथग्रहण गराएका थिए ।
शपथग्रहण गराउँदै केन्द्रिय सदस्य हमालले अब पार्टीलाई वडा देखि केन्द्रसम्म मजबुत बनाएर लैजानुपर्ने बताउनुभयो । गएको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि राम्रो परिणाम हासिल गर्नका लागि पार्टीका सवै संगठनहरुलाई मजबुत बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले सरकारले ल्याएको आगामी बर्षको बजेटले घोषणापत्रमा समेटिएका अधिकांस प्रतिवद्धता पुरा भएको बताउँदै बजेटको सफल कार्यान्वयनका लागि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले विकास निर्माणलाई समयमै र गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँमा निगरानी बढाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सचिब तथा प्रदेश किमिट सदस्य सुदिप कुँवरले सरकारका कामहरुको लाभान्वित जनता सम्म प्रतिफल पु¥याउन तथा प्रतिपक्षीका नकारात्मक हमलाको डटेर सामना गर्न आग्रह गर्नुभयो ।
उहाँले गाउँ गाउँमा पार्टीका गतिविधि प्रभावकारी ढंगले संचालन गर्न आग्रह गर्नुभयो । नेकपा महाशीला गाउँ संगठन कमिटीका अध्यक्ष विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, मेघनाथ सुवेदी, प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डे, महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, नेकपाका नेता भुक्त कुँवर, गोविन्द पहाडी लगायतले सम्वोधन गर्नुभएको थियो ।
महाशीलामा गाउँपालिकामा ७७ सदस्यीय नेकपाको गाउँ कमिटी गठन भएको छ । कार्यक्रमको संचालन सचिब दुर्गा तमुले गर्नुभएको थियो ।






