जगतगुरुद्धारा पर्वतका सिडीओ र डिएसपीलाई सम्मान - News site from Nepal
जगतगुरुद्धारा पर्वतका सिडीओ र डिएसपीलाई सम्मान

पर्वत– नेपालका प्रथम जगत गुरुले पर्वतका प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकाल र प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीलाई सम्मान गर्नुभएको छ ।
जिल्लाको शान्ति सुरक्षा मजबूत बनाउन उल्लेखनीय योगदान गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । मोदीवेणीधामबाट चोरी भएका शालीग्राम शिला २१ दिनमा पत्ता लगाइ उक्त चोरीमा संलग्नहरूलाई सार्वजनिक गरेको भन्दै उहाँहरुलाई जगत गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज श्रीले दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको हो ।
गत फागुन ४ गते राती कुश्मा नगरपालिका ५ मोदीवेणीमा रहेको नृसिंह मन्दिरबाट शालिग्राम शिला चोरी गर्नेहरुलाई पक्राउ गर्न सफल भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । पर्वत जिल्ला सहित यस क्षेत्रकै पवित्र तिर्थस्थल मोदीवेणी धामका भगवान चोरी भएकोमा निरन्तरको खोजीपछि चोरहरुलाई पक्राउ गरी हराएका सबै शालिग्राम शिलाहरु सकुशल फिर्ता गराउन सफल भएको भन्दै उहाँहरुलाई सम्मान प्रदान गरिएको जगतगुरुले बताउनुभयो ।

नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिको आयोजनामा सम्मान कार्यक्रम राखिएको हो । प्रजिअ ढकाल र डिएसपी तिवारीलाई सम्मान गर्नकै लागि जगदगुरु पर्वत आउनुभएको हो । सम्मान कार्यक्रममा बोल्दै उहाँले हिन्दू धर्मावलम्बीहरुले शालिग्राम शिलालाई भगवानको रुपमा पूजाआज गर्दै आएको र त्यसमा पनि मोदीवेणीमा रहेका शालिग्राम शिलाहरु ५ सय बर्ष पुराना तथा बिशेष रहेको बताउनुभयो । प्रशासन र प्रहरीले हराएका भगवानको खोजी गरेर भगवान फिर्ता ल्याएकोमा उहाँले बिशेष आदार र सम्मान प्रकट गर्नुभयो ।
सम्मान कार्यक्रमको संचालन नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले गर्नुभएको थियो । स्वागत समितिका निवर्तमान अध्यक्ष तथा नृसिंह गुठीका संरक्षक गोपालदास बैरागीले गर्नुभएको थियो ।
शीला चोरीमा ४ जनाको संलग्नता रहेको थियो । तीनिहरु मध्ये तीन जना अहिले प्रहरी हिरासतमा छन् भने फरा रहेका अर्का एक जनाको खोजी कार्य भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!