दिउँसै गोली चल्यो, हतियारधारी एक पक्राउ - News site from Nepal
दिउँसै गोली चल्यो, हतियारधारी एक पक्राउ

काठमाडौं – हतियारधारी ब्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरीले गोली चलाएको छ । गोली लागि सिरहा नगरपालिका, ९ का २९ वर्षीय प्रमोद यादव घाईते भएका छन् ।
यादवको दाहिने हातमा एक राउण्ड गोली लगेको छ । सीमा क्षेत्रमा हातहितयारको कारोबार हुँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यायबाट खटिएको प्रहरी टोलीले सुरक्षा जाँच गर्ने क्रममा सिरहा नगरपालिका, १५ सुपचौनीमा उनलाई फेला पारेको थियो । प्रहरीलाई देख्नेबित्तिकै उनले पेस्तोल निकालेपछि जवाफी कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो । उनको साथबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ ।
उनीविरुद्द थप अनुसन्धान भईरहेको एसपी श्रेष्ठले बताउनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!