उपसभामुख तुम्बाहाङ्फे विवादमा - News site from Nepal
उपसभामुख तुम्बाहाङ्फे विवादमा

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सभामुखको लागि स्वाभाविक उम्मेदवार हुन्। उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन।
उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा छ। संसद्को हिउँदे अधिवेशनदेखि उनी उपसभामुख भने नरहने निश्चित छ। करिब दुई वर्ष समय गुजारेर बाहिरिन लागेकी उपसभामुख तुम्बाहाङ्फेको कार्यकाल भने प्रश्नरहित रहेन।  उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभा सदस्य विद्या भट्राईलाई मंगलबार शपथ गराइन्, जुन विवादित बनेको भन्ने खबर कान्तिपुर दैनिकमा छ।
संविधान, प्रतिनिधिसभा ऐन र नियमावलीमा सभामुख या सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रतिनिधिसभा सदस्यलाई शपथ गराउन सक्ने व्यवस्था छ। तुम्बाहाङ्फेले उपसभामुखको काम, कर्तव्य र अधिकार क्षेत्राधिकार विस्तार लगायत विषयमा बहस सुरु गराएकी छन्। उपसभामुख भइकलन सभामुखका हैसियतमा काम गर्दा भने उनी आलोचनामुक्त भइनन्।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सामुखको लागि स्वाभाविक उम्मेदवार हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!