अन्तत: एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, कोषाध्यक्षमा पर्वतका महेशकुमार श्रेष्ठ - News site from Nepal

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ। निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ।
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ।  पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन। कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएको जनाइएको छ।
सचिवमा पनि पन्त समूह नै विजयी भएको छ। अध्यक्षमा निर्वाचित भएका पन्तले मतपरिणाम केहिबेरमा सार्वजनिक हुने भन्दै सबै जनालाई उपस्थित हुन भनेका छन्।
सचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्। निर्वाचन परिणाम भने केहिबेरमा सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!