पर्वतको जलजलाका तीन वडामा नेकपाको संयुक्त पुर्ण बैठक सम्पन्न - News site from Nepal

पर्वत–पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. २, ३ र ४मा नेकपा वडा कमिटिको संयुक्त वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले पार्टीका सवै विभागहरुले पुर्णता पाईसकेको बताउँदै अव संगठनलाई मजबुट बनाएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले अहिले मुलुक विकास निर्माण र आर्थिक समृद्धिको दिशामा अघि बढेको बताउँदै कार्यकर्ताहरुलाई सरकारका कामहरु तल्लो तहसम्म पु¥याउन आग्रह गर्नुभयो । उहाँले आगामी तीन वर्षमा मुलुकवासीले नसोचेको परिवर्तन हुने बताउँदै त्यसका लागि पार्टीका सवै संयन्त्रहरुले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरी, नेकपा पर्वतका सचिब सुदिप कुँवर, प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, जलजलाका अध्यक्ष दिपक आचार्य आकाश, युवा नेता बिमल लामिछाने लगायतले बोल्नुभएको थियो । सो अवसरमा केन्द्रिय सदस्य हमालले वडा कमिटिहरुलाई सपथ समेत खुवाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!