राजनीतिक दलको हिसाबकिताब, कुन कति नाफा/घाटामा ? - News site from Nepal
राजनीतिक दलको हिसाबकिताब, कुन कति नाफा/घाटामा ?

काठमाडौं  : देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरु नै आर्थिक हिसाबकितामा सबैभन्दा अपारदर्शी छन्।
उनीहरुले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाव बुझाउने गरेका समाचार नयाँ पत्रिका दैनिकमा छ।
स्थानीय तह, प्रदेश र संघ तीनवटै तहको निर्वाचन भएको ०७४/०७५ मा उनीहरुले देखाएको हिसाब अविश्वसनीय छ।निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण रिपोर्टअनुसार कांग्रेसदेखि तत्कालीन एकीकृत माओवादीसम्म ऋणमा छन्।
तीनवटै तहको निर्वाचनमा दलहरुले तामझामका साथ प्रचार गरे, तर निर्वाचन आयोगमा बुझाएको ‘ब्यालेन्ससिट’मा चुनावमा खर्चै नगरेको, गरेकाले पनि नगन्य खर्च देखाएका छन्।
आव ०७४/०७५ मा दलहरुको आय व्यवय विवरण यस्तो छ
तत्कालीन एमाले तीन करोड ११ लाख नाफामा
आम्दानी : ८ करोड ८३ लाख ०९ हजार ८२६
खर्च : ५ करोड ७२ लाख २० हजार ५५३

तत्कालीन माओवादी २१ लाख ५५ हजार घाटामा
आम्दानी : १ करोड ६३ लाख २० हजार ४०
खर्च : १ करोड ८४ लाख ७५ हजार ७६३

कांग्रेस १ करोड ८५ लाख घाटामा
आम्दानी : ५ करोड ५ लाख २९ हजार ६५८
खर्च : ६ करोड ९० लाख २१ हजार ३६८

तत्कालीन संघीय फोरम ७६ लाख ९९ हजार नाफामा
आम्दानी : २ करोड ९६ लाख ८ हजार १६५
खर्च : २ करोड १९ लाख ८ हजार ९४३

राजपा २४ लाख ५७ हजार नाफामा
आम्दानी : २ करोड १९ लाख ६० हजार ९८५
खर्च : १ करोड ९५ लाख ३ हजार ५०७

तत्कालीन नयाँ शक्ति १ लाख ६१ हजार घाटामा
आम्दानी : २४ लाख ४८ हजार ५८०
खर्च : २६ लाख १० हजार ११८

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!