पर्वतमा पनि गणतन्त्र विरोधी गतिविधिमा युवा बिद्यार्थी संगठनले लगाए प्रतिबन्ध - News site from Nepal

पर्वत /पछिल्लो समय गणतन्त्र विरोधीहरु विभिन्न वहानामा जिल्ला जिल्लमा भइरहेको बेला पर्वतमा भने त्यस्तो गतिविधिलाई प्रतिबन्ध लगाउने युवाहरुले घोषण गरेका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट युवा तथा विद्यार्थी संगठनहरुले साझा विज्ञप्ति जारी गर्दै गणतन्त्र र परिर्वतनको विरुद्धमा भ्रम छर्ने गरी भएका गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन ।

युवा संघका अध्यक्ष थमनारायण पौडेल, वाइसिएलका उपाध्यक्ष कमलप्रसाद लामिछाने, अनेरास्वीयूका अध्यक्ष तेजप्रसाद शर्मा तथा अनेरास्वीयू (क्रान्तिकारी)का पर्वत इन्चार्ज विजय प्रकाश सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै अराजकताको विरुद्धमा लडन् युवाहरु तयार रहेको बताएका हुन । उनीहरुले प्रयोजीत मण्डले प्रवृत्तिका अवान्छित गतिविधिहरु रोक्नका लागि आफूहरु जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताएका हुन ।

विज्ञप्तिमा भनिएको छ–‘पछिल्लो समय गणतन्त्रको विरुद्धमा गलत क्रियाकलापमा सग्लन्न हुने, समाजमा गलत भ्रम फैलाएर सामाजिक सद्भाव विगार्ने तथा समाजमा अस्थिरता फैलाउने तत्वहरु र तिनका गतिविधिहरुलाई यस गणतान्त्रिक भूमि पर्वतमा निषेध गर्ने जानकारी गराउँदै न्यायप्रेमी जनसमुदायमा विधिको शासन र जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न दृढतापूर्वक सहयोग गर्न सवैमा हार्दिक अपिल गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!