पर्वतकी चेली दिल कुमारी बनिन् एनआरएनए साइप्रसको अध्यक्ष - News site from Nepal
पर्वतकी चेली दिल कुमारी बनिन् एनआरएनए साइप्रसको अध्यक्ष

पर्वत- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको आठौं अधिबेशनले अध्यक्षमा दिल कुमारी तिलिजा (शुष्मा) पुन (पर्वत) लाई निर्वाचित गरेको छ ।

एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त आठौं अधिबेशनमा अवैतनिक नेपाली बाणिज्य दूताबासका मानार्थ वाणिज्य दुत डा . राम जीवन पंजियारको प्रमुख आतिथ्यता, आइ सिसि प्रतिनिधि रंजित कुमार महतोको विशेष आतिथ्यता र निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाह, सदस्य विकास दवाडी तथा यम थापाको उपस्थिीतमा एनआरएनए साइप्रसको २५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो ।

जसको उपाध्यक्षत्रयमा अन्तेस रावत, जस माया पुन, किस्मत पौडेल, महासचिवमा कृप थापा, सचिवमा पुरन बहादुर पुन मगर, कोषाध्यक्षमा दिनेश ढकाल, सहकोषाध्यक्षमा अनिल भण्डारी, सहसचिवमा दया सागर अर्याल, युवा प्रतिनिधिमा कुन्दन कार्की, महिला प्रतिनिधिमा सरिता कुमारी चौधरी, प्रवत्तामा दिनेश हरिजम गौतम रहेका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा, दयाराम थापा, अन्सरी ओजेर, सन्जय कुमार मन्डल, राजन श्रेष्ठ, नेतिश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि डा. राम जीवन पंजियारले साइप्रसमा नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समधान गर्न आफु एनआरएनएसँग हातेमालो गर्दै काम गर्ने बताए । उनले भने, ‘यहाँ रहेका नेपाली दिदीबहिनीहरुले पनि विदेशमा कमाएको रुपैया पैसा यहि रमाएर खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु गर्दै नेपाल कन्सुलेटले गर्दै आइरहेको सयहोग निरन्तर रहनेछ ।’त्यस्तै आइसीसी प्रतिनिधि रंजित महतले नयाँकार्यसमितिलाई बधाई तथा शुभ कामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!