पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा विद्युतको करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
निर्माणाधिन जिल्ला अस्पतालको भवन निर्माणमा कार्यरत सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ६ का १८ वर्षिय ओमप्रकाश मण्डलको मंगलवार (आज) साँझ साढे ६ बजे मृत्यु भएको हो । अस्पतालको भवन ढलान गर्ने क्रममा एक्कासी विद्युत सर्ट भएर करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मृतक मण्डलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला अस्पताल पर्वतको झण्डै २७ करोडको लागतमा अत्याधुनिक भवन निर्माण भैरहेको ।





