पर्वत आएका मन्त्री पण्डितले भने ‘सरकारले कसैको मुख हेरेर सरुवा, बढुवा गर्दैन’ - News site from Nepal

पर्वत  ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने दाबी गर्नुभएको छ ।
प्रेस संगठन पर्वतले शुक्रवार कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वेच्छाचारी ढङ्गले नभई योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताउनुभयो । मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने बताउँदै निर्ममम ढंगले निर्णय लिने बताउनुभयो ।
मन्त्री पण्डितले आगामी तिहारभित्र लोकसेवा आयोगले रिजल्ट प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनैपनि तहमा कर्मचारीको अभाव नहुने बताउनुभयो । उहाँका अनुसार अहिले झण्डै ३२ हजार कर्मचारीहरुको अभाव रहेको बताउँदै लोक सेवा आयोगले इतिहासमै पहिलोपटक ठुलो संख्यामा कर्मचारीहरु भर्ना गर्न लागेको बताउनुभयो । उहाँले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुने समेत दावी गर्नुभयो ।
मन्त्री पण्डितले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको बताउँदै यम्भभव यसै साता संसदबाट पारित हुने बताउनुभयो । उहाँले काम नगर्ने र ठग कर्मचारीहरुलाई पाता कसेर बाँध्नेगरी ऐन आउन लागेको बताउँदै काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाहि गर्नेगरी ऐन ल्याउन लागिएको बताउनुभयो ।
मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी टे«ड यूनियन नहुने बताउँदै सामुहिक राजीनामा दिनेलाई तत्काल विदाई गरिने बताउनुभयो । मन्त्रि पण्डितले पुराना कर्मचारीहरु कि त रुपान्तरण हुनु पर्दछ कि त हट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!