बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता - News site from Nepal

काठमाडौं– अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परि अझै ३० जना बेपत्ता छन् भने ३८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष गरी ६५ जना रहेका छन् । त्यस्तै १७ महिला र २१ पुरुष गरि ३८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार १२ महिला र १८ पुरुष गरि ३० जना बाढी पहिरोमा परि बेपत्ता भएका छन् । बाढी पहिरोमा १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!