पर्वत / हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ बुधबार देखि शुरु भएको छ ।
जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि पर्वतको कुस्मामा जेठ १ देखि ११ गते सम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कुनै पनि प्रलोभन देखाएर धर्म परिर्वतन गर्न नपाइने बताउनुभएको छ । ‘नेपालमा धार्मिक सहिष्णुता कायम छ ।’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘ सहिष्णुता भत्काउने गरि कसैले पनि जर्बजस्ती प्रलोभन देखाउँदै धर्म परिर्वतन गराउन पनि हुँदैन’ उहाँले स्वेच्छिाले धर्म परिर्वतन गर्न चाहनेलाई रोक्न पनि नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले धर्मका नाममा बिभेद कायम रहेका कारण धेरै खालका समस्याहरु सृजना भएको चर्चा गर्दै धर्म र जातका नाममा हुने बिभेदको अन्त्य गर्न आवश्यक छ भन्नुभयो । संसाभर धर्म र जातिका नाममा भैरहेका हिंसाबाट पाठ सिक्दै देशमा धार्मिक सहिष्णुता, जातिय बिभेदको अन्त्य गर्न यस्ता महायज्ञहरुले ठुलो भूमिका खेल्ने भनाई अध्यक्ष तिमिल्सिनाको थियो । ‘धार्मिक द्वन्द्व गर्न चाहनेहरुले नेपालमा आएर सिक्न सक्छन’ उहाँले भन्नुभयो ‘हामीले आफ्ना केही समस्याहरु हल गर्न सक्दा दुनियाँका लागि नमुना बन्न सक्छौ’

बिश्वमै शालिग्राम पाइने एक मात्रै नदी कालीगण्डकी भएकाले यसको शिर देखि तिर सम्म महत्वपुर्ण तीर्थस्थलहरु रहेको चर्चा गर्दै कालीगण्डकी लोकमार्ग र करिडोरको निर्माण संगै भारत र चीनका धर्मालम्बीहरुको ठुलो जमघट बढ्ने बिश्वास अध्यक्ष तिमिल्सिनाको छ । कालीगण्डकी किनारका धार्मिक तीर्थस्थल र पर्यटकीय संभावनाहरुको प्रचार तथा ब्यबस्थित गर्दै यसलाई गन्तब्य बनाउन सकिने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य पदम गिरीले नेपाल सम्बृद्धिको दिशामा अघि बढेको हुँदा धार्मिक र पर्यटकीय गन्तब्यहरुको बिकास गरेर त्यसमा एउटा इट्टा थप्न आग्रह गर्नुभयो । उहाँले कालीगण्डकी र पर्वतका धार्मिक र पर्यटकीय गन्तब्यहरुको बिकास लागि हामी सबैले मिलेर गर्नुपर्छ भन्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी प्रदेश सरकारले धार्मिक र अन्य पर्यटकीय गन्तब्यहरुको बिकास गर्ने बिशेष कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पर्यटकीय र साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा बिकासका लागि कुनै कसर बाँकी नराखी काम गर्छ भन्नुभयो ।
प्रमुखबाचक इश्वरकृष्ण भुर्तेलले पाङ्ग र गुप्तेश्वरलाई बिश्वकै धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न महायज्ञ कोशेढुंगा सावित हुन्छ भन्नुभो । संबिधानसभाका सदस्य कल्पना चापागाई, पुर्ब साँसद ऋषिकेश तिवारी, प्रदेशसभासदस्यहरु जुनादेबी नेपाली, ललितकला गुरुङ्ग, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेकपा पर्वतका नेता भक्त कुवँर, नेपाली कांग्रेसका उपसभापति दुर्गाबहादुर खत्री, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरी, बह्माकुमारी सुधा लगायतले महायज्ञ सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धन्यबाद ज्ञापन बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा र सञ्चालन महासचिब अच्युत तिवारीले गर्नुभएको थियो । महायज्ञ उद्घाटन कार्यक्रम अघि झाकी सहितको भब्य कलशयात्राले कुस्मा बजार परिक्रमा गरेको थियो । महायज्ञको पुर्बसन्ध्यामा गरिएको कलशयात्रा कुस्मामा आयोजना गरिएका अहिले सम्मका जुलुस, यात्रा भन्दा भब्य भएको प्रतिकृया सुनिएको थियो ।

हिन्दुहरुका आराध्यदेव भगवान शिब र माता पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ती स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले बताउनुभयो । माता पार्वतीको जन्मभूमी पर्वत पाङ, पाङ र खुर्कोटको संगमस्थलमा रहेको पार्वती गुफा, जाडो समयमा पार्वतीले स्नान गर्ने पाङ सहश्रधारा, गर्मीयाममा स्नान गर्ने माथिल्लो सहस्रधारा जलजला पार्वतीखोला (पातीखोला), खुर्कोटमा अवस्थित भुवनेश्वरी गुफालगायतका धार्मिक स्थलहरुलाई धार्मिक किंबदन्ति अनुसार जोडेर महायज्ञ आयोजना गरिएको शर्माको भनाई छ । महायज्ञमा संकलित रकमबाट बिश्वकै अग्लो शिब पार्वतीको मुक्ति बनाउने, गुप्तेश्वर परिसरमा २०८ कोठाको धर्मशालासहित सत्सङ्ग आश्रम र भव्य सिसमहल निर्माण गर्ने मुख्य उद्देश्य समेत राखिएको छ ।
समाप्त जेठ १






