एनआएनएनको नवौं सम्मेलन, कुमार पन्त र कुल आचार्यबिच प्रतिस्पर्धा - News site from Nepal

 काठमाडौं :  गैर-आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि रजिष्टेसन बन्द गरिएको छ।
मंगलबार र बुधबार चल्ने सम्मेलनमा  ‘म मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ।  नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबिच प्रतिस्पर्धा हुँदैछ। कूल ४२ पदका लागि हुन लागेको निर्वाचनको मतदान विद्युतिय यन्त्रबाट हुनेछ। नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ। पर्सीसम्म चल्ने सम्मेलनमा ८१ देशका करीब दुई हजार ५०० जना सहभागी हुने आयोजकले जनाएको छ। सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गर्ने जानकारी दिए।
निर्वाचन कार्यतालिका अनुसार सोमबार बेलुका सातबजेट रजिष्टेसन बन्द गरिएको छ। मंगलबार दुई बजे नामावली प्रकाशन गर्ने एनराएनए निर्वाचन कमिटीले जनाएको छ। सोमबार बेलुका आठ बजेदेखि उम्मेदवारी बुधबार साढे १० बजेसम्म उम्मेदवारी दिने व्यवस्था गरिएको छ।  बुधबार दिउँसो तीनबजेबाट बेलुका आठ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने मतदान सकिएको डेढ घण्टामा मत परिणाम आउने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!