रुपन्देहीमा गोली हानेर एकजनाको हत्या - News site from Nepal
रुपन्देहीमा गोली हानेर एकजनाको हत्या
काठमाडौं : रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्।
जिल्लाको रोहिणी गाउँपालिका-३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो। बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। स्थानीयबासीका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेको बताएका छन्।
गोली हानेपछि लडेका कुर्मीको साथमा रहेको रकम पनि लुटेराले लगेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!