काठमाण्डौ / अबिरल बर्षाका कारण देशका बिभिन्न भागमा जनधनको क्षति भएपछि पिडीतहरुको खोजी, उद्दार तथा राहतमा जुुट्न राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आग्रह गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले आइतबार बिज्ञप्ती जारी गर्दै बाढी, पहिरो र डुबानमा परी बेपत्ता हुनु भएकाहरुको तिब्र खोजी, उद्दार र राहतमा जुट्न सरकारलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्नुभएको हो ।
‘बाढी, पहिरो र डुबानमा परी बेपत्ता हुनु भएकाहरुको तिब्र खोजी, उद्दार र राहतमा जुट्न सरकारलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्न चाहन्छु’ बिज्ञप्तीमा भनिएको छ ‘वर्षायाममा प्राकृतिक विपत्ति जुनसुकै समयमा आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने कुरामा सरकारको तर्फबाट कुनै कमी हुन नदिन तथा आम नेपाली दिदी(बहिनी तथा दाजुभाइमा सावधानीपूर्वक बस्न आग्रह गर्दछु।’
अविरल वर्षाका कारण देशका विभिन्न भागमा हालै आएको बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिले आफुँलाई दुस्खी बनाएको बताउँदै अध्यक्ष तिमिल्सिनाले दुस्खको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।






