पर्वतकी प्रजिअ नेपाल भन्छिन् ः ‘कसैको दबाब र प्रलोभनमा परेर काम गर्दिन’ - News site from Nepal

पर्वत– पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले कसैको दबाब र प्रलोभनमा परेर काम नगर्ने प्रतिवद्धता जनाएकी छिन् ।
आज विहान पर्वतको पञ्चासे एफ.एममा संचालित पञ्चासे टक टाईममा कुराकानी गर्दै प्रजिअ नेपालले भनिन्, म स्पष्ट भन्न चाहन्छु, म सदाचारिता चाहाने व्यक्ति हो । म कसैको प्रभाव, दबाब र प्रलोभनमा परेर काम गर्ने छैन । उनले जिल्लामा सुशासन, पारदर्शिता र भ्रष्टाचार न्यूनिकरणका लागि पहल गर्ने बताईन । उनले भनिन् म आएको एक महिना भैसक्यो, मलाई त्यस्तो फोन पनि आएको छैन । कानून सम्मत हुने काममा कसैको सोर्स फोर्स आवश्यक नपर्ने बताउँदै कानून विपरितका काम सम्पादन हुन नहुने बताईन ।
उनले भनिन् सचेत नागरिक भएको जिल्ला भएकाले दबाब र प्रभाव आउँदैन भन्ने मेरो विश्वास रहेको छ । प्रजिअ नेपालले आफु एक्लैले मात्रै नागरिकहरुले चाहेजस्तो परिवर्तन गर्न नसक्ने बताउँदै सवैको सहयोग र सद्भाव आवश्यक पर्ने बताईन । उनले संघीयता लागु हुने वित्तिकै आवश्यक नियम कानून बनेको भए समस्या नहुने भएपनि कानून निर्माणमा ढिलाई हुँदा केहि संकुचन पैदा भएको बताए ।
अर्को प्रसंगमा प्रजिअ नेपालल विपद व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकायहरु र आवश्यक सामानहरु तयारी अवस्थामा राखिएको बताईन । उनले केन्द्रिय प्रकोप प्रतिकार योजना जस्तै जिल्ला स्तरको विपद प्रतिकार योजना बनाईएको बताउँदै सातवटै स्थानीय तहमा पनि समितिहरु बनाएर अघि बढेको बताईन । उनले तत्काललाई विपद भैहालेमा पनि के कस्ता उद्धार र राहतका कामहरु गर्न सकिन्छ भन्ने सन्दर्भमा किताव नै बनाएर कार्यान्वयमा गएको बताईन । उनले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर विपद् न्यूनिकरण गरिने बताईन । प्रजिअ नेपालले जिल्लाको समग्र विकास निर्माणमा समेत निगरानी बढाएको बताउँदै ठुला तथा साना योजनाहरु समयमै सम्पन्न गर्न पहल गर्ने बताईन । उनले समग्र जिल्लाको विकास र परिवर्तनका लागि सवैसँग सहकार्य गरेर अघि बढ्ने बताईन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!