काठमाडौं – प्रतिनिधि सभामा प्रि बजेटमाथिको छलफल आज सकिँदैछ । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका विषयमाथि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएपछि प्रि बजेटमाथिटको छलफल सकिनेछ ।
बिहान ११ बजेका लागि बोलाईएको संसद बैठकको सुरुमा नाम टिपाएर बोल्न बाँकी सांसदहरुले धारणा राख्ने क्रम जारी रहने संघीय संसद सचिवालयले जनाएको छ । सांसदरुले पुँजीगत खर्चमा समस्या रहेको औंल्याउँदै विनियोजित बजेट कार्यान्वयनमा समस्या यथावत रहे आर्थिक वृद्धि सम्भव नहुने औंल्याएका थिए ।
सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री खतिवडाले आजै प्रतिनिधिसभामा जवाफ दिनुहुनेछ । राष्ट्रिय सभामा प्रि बजेटमाथिको छलफल हिजै सकिएको थियो ।






