नेकपा जलजलाको सपथग्रहण सम्पन्न- बैज्ञानिक समाजबादमा पुग्न पार्टी एकता - News site from Nepal

पर्वत /उत्तरी पर्वतको जलजला गाउँपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको जलजला गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।
नवगठित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा केन्द्रिय सदस्य गुप्तबहादुर हमालले शपथग्रहण गराएका थिए । शपथग्रहण गराउँदै केन्द्रिय सदस्य हमालले एकताको पूर्णतासँगै अब पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बताएका छन् । उनले नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै आर्थिक विकास र रोजगारी सिर्जनालाई जोड दिइने बताए ।
जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभा सदस्य पदम गिरीले मुलुकमा पुंजीबादको बिकास गर्दै बैज्ञानिक समाजबादमा पुग्नका लागि पार्टी एकता भएकाले एकताको मर्म र भावना अनुरुप लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टी एकतापछि देशी बिदेशी शक्तिहरुले बिश्वास गरेको चर्चा गर्दै एकताबाट अत्तालिएका बिपक्षी दलहरु सरकार र पार्टीलाई बद्नाम बढाउन सकिन्छ कि भनेर लागेका छन भने । उनले सरकारका कामहरुको लाभान्वित जनता सम्म प्रतिफल पु¥याउन तथा प्रतिपक्षीका नकारात्मक हमलाको डटेर सामना गर्न पनि निर्देशन दिए ।

नेकपा जलजला गाउँ संगठन कमिटीका अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा सम्पनन कार्यक्रममा गण्डकी प्रदेशसभाकी सदस्य जुनादेबी नेपाली, प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, नेकपा प्रदेश कमिटीका सदस्यहरु मेघनाथ सुबेदी, देबेन्द्रराज पाण्डे, यज्ञप्रसाद सुबेदी, नेकपाका जिल्ला सचिब सुदिप कुँवर, जिल्ला नेताहरु भक्त कुवँर, गोबिन्द पहाडी, कुस्मा नगरकमिटी अध्यक्ष शंकर गिरी, जिल्ला सदस्यहरु लालबहादुर अधिकारी, खुमप्रसाद सुवेदी, गौबहादुर पुन लगायतका नेताले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जलजला गाउँकमिटी सचिब तुंगनाथ उपाध्यायले गरेका थिए । 
पार्टी एकतापछि जलजला गाउँपालिकामा दिपक आचार्य अध्यक्ष र तुंगनाथ उपाध्याय सचिब रहेको ७७ सदस्यीय कमिटी गठन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!