पर्वत– विश्व मधुमेह दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा सचेतनामुलक ¥याली प्रदर्शन गरिएको छ ।
लायन्स क्लब अफ कुश्मा सिटीको आयोजनामा कुश्माबजारको लोकतान्त्रिक चोकस्थित कालीगण्डकी बोडिङ स्कुल बाट शुरू भएको ¥याली डम्डारे खोला–दुलुङचोक, आचार्य चोक हुँदै पुःन लोकतान्त्रिक चोकमा पुगेर समापन गरिएको थियो ।
सो अवसरमा मधुमेह रोग र यसवाट बच्नका लागि अपनाउन सकिने उपाय, उपचार विधि लगायतका बारेमा लेखिएका पर्चा समेत वितरण गरिएको थियो । कार्यक्रममा लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष मञ्जु शिलाकारले सम्वोधन गर्दै जनचेतना अभिबृद्धि र व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने हो भने यो रोगवाट बच्न सकिने बताउनुभयो । उहाँले नियमित स्वास्थ्य परिक्षण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा पर्वतमा सक्रिय सवै लायन्स क्लबहरुको उपस्थिति रहेको थियो ।






