पर्वत अस्पताललाई बीस लाख मुल्यका उपकरण सहयोग, बच्चाको बिशेष उपचार कक्ष स्थापना गरिने - News site from Nepal

पर्वत/ पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्नका लागि २० लाख मुल्य बराबरका सामाग्री सहयोग गरिएको छ ।
लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोगमा ए एन टी परियोजना मार्फत उपचारका उपकरणहरु सहयोग गरिएको हो ।
अस्पतालमा बच्चाको विशेष उपचार कक्षका लागि आवश्यक सामान उपलब्ध गराउने गरि लायन्स क्लब अफ शिबालय र पर्वत अस्पतालका बिचमा सम्झौता भएको छ । क्लबले २० लाख मूल्यका सामानहरु पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीलाई हस्तान्तरण गरेको छ

नयाँ अत्याधुनिक मेशिन उपकरण जडान भएपछि पर्वत अस्पतालमा जन्मिने बच्चाहरुले विशेष उपचार सेवा पाउने वातावरण बनेको अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । ‘पर्वत अस्पताललाई उपचार गर्न जान लायक अस्पताल बनाउने हाम्रो अभियानमा यो एउटा महत्वपूर्ण सहयोग पुगेको छ’ उहाँले भन्नुभयो ‘अस्पताललाई सबै बिरामीहरुले बिश्वास गर्ने वातावरण बन्दै गएको छ, सुधारका प्रयासहरु जारी रहनेछन’
सम्झौता कार्यक्रममा लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष डि आर शर्माले बच्चाहरुको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । पर्वतमा सामान ल्याउन विशेष पहल गर्नुभएका लायन्स क्लव अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का को चिफ एडभाईजर बसन्तकुमार कर्माचार्यले सामानहरु उपयोग गर्दै जांदा आवश्यक अन्य सहयोग पनि गरिने र बच्चाहरुको स्वास्थ्यका लागि छिट्टै एउटा कोष स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!