पर्वतको तिलाहारको वडा कार्यालय नयाँ भवनबाट संचालन - News site from Nepal
पर्वतको तिलाहारको वडा कार्यालय नयाँ भवनबाट संचालन

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नं ६ तिलाहारको वडा कार्यलय नयाँ भवनमा स्थानान्तरण भएको छ ।
गाउँपालिका स्थापना भएदेखिनै भाडाको घरमा संचालन हुँदै आएको कार्यालय नयाँ भवनमा स्थानान्तरण भएको हो । उक्त वडाको दैनिक कार्य सोमवारदेखि नियमित रुपमा नयाँ भवनवाट संचालन हुने वडा अध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।
डिमुवा बजारको छेउमा पोखरा–बागलुङ सडक नजिकै संचालित उक्त कार्यालय नवजागृत बहुमुखि क्याम्पस नजिकै निर्माण गरिएको भवनको सरेको हो । अब आफ्नै भवनवाट सहज रुपमा सेवा प्रदान गरिने अध्यक्ष लामिछानेको भनाई छ ।


मोदी गाउँपालिकाले मातहतका ८ वटै वडाका कार्यालयहरु निर्माण गर्ने अभियान थालेको छ । यस अघि वडा नं. ४ क्याङको व्यवस्थित कार्यालय पनि निर्माण भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!