आइपियू सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना सर्भिया प्रस्थान - News site from Nepal

काठमाडौं : अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४१ ‍औँ सम्मेलनमा सहगभी हुन संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्भिया प्रस्थान गरेका छन्।
अध्यक्ष तिमिल्सिनाको साथमा संघीय संसदको एक प्रतिनिधिमण्डल आइतबार सर्भियाको बेलग्रेड प्रस्थान गरेको हो। प्रतिनिधिमण्डलका केही सदस्य भने शुक्रबार नै सर्भिया गइसकेका छन्। अध्यक्ष तिमिल्सिना भने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको कारण आजमात्र त्यसतर्फ प्रस्थान गरेका हुन्।
आइपियूमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरू देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज रहेका छन्। प्रतिनिधिमण्डलमा संघीय संसद सचिवालयका तर्फबाट महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी रहेका छन्।
आइपियू सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाललगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य रहेको आइपियूको १४१ ‍औँ सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!