पर्वतको हुवासमा उद्योग बाणिज्य संघको पैंयु उपशाखा स्थापना - News site from Nepal

पर्वत  ः तीब्र रुपमा बजारिकरणको विकास हुँदै गएको दक्षिण पर्वतको पैंयु गाउँपालिका स्थित हुवासमा पर्वत उद्योग बाणिज्य संघको पैंयु उपशाखा स्थापना भएको छ ।
संघका १ सय १५ जना सदस्य रहेको उक्त क्षेत्रमा शुक्रवार उपशाखा घोषणा तथा कार्यालय उद्घाटन गरिएको हो ।
उपशाखा कार्यालयको उद्घाटन गर्दै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्योगी तथ व्यावसायीहरुको हकहित संरक्षणका लागि उद्योग बाणिज्य संघले लामो समयदेखि भूमिका खेल्दै आएको बताउँदै सवै व्यावसायीहरुलाई राज्यको न्यूनतम मान्यतामा रहेर व्यापार व्यावासय गर्न आग्रह गर्नुभयो । निजि क्षेत्रको व्यावसायिक सुरक्षाका लागि संघ प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष शर्माले राज्यले पनि व्यावसायीहरुका लागि उचित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख यामकुमारी राना, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, इलाका प्रशासन कार्यालय हुवासका प्रमुख विमल गौतम, नेकपा पैंयु गाउँ कमिटिका अध्यक्ष चोकलाल न्यौपाने, आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदी लगायतले बोल्नुभएको थियो ।
हुवास उपशाखा कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको हो । नवगठित उपशाखाको उपाध्यक्षमा बसन्ती क्षेत्री, सचिबमा लोकराज उपाध्याय, कोषाध्यक्षमा नरभुपाल काफ्ले, सहसचिबमा अमृत आचार्य र सदस्यहरुमा कृष्णप्रसाद रिजाल, आईशा खानुन, तेजबहादुर विक, मेखबहादुर राना, लक्ष्मिपती न्यौपाने, कल्पना क्षेत्री, सरस्वती तिवारी, जिवलाल बस्याल, विरबहादुर थपा, जगदिश बसेल, नरेश आले र तिलकप्रताप सेन रहुनुभएको छ । पर्वत उद्योग बाणिज्य संघको यो दोस्रो उपशाखा हो । यस अघि जलजला गाउँपालिकाको वारीबेनीमा पनि उपशाखा स्थापना भैसकेको छ ।


सो अवसरमा आयकर संकलन शिविर समेत संचालन भएको छ । विकट गाउँका बासिन्दाहरुलाई हजारौ रुपैया खर्च गरेर आयकर तिर्न बागलुङ पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै उद्योग बाणिज्य संघको व्यवस्थापन तथा आन्तरिक राजश्यक कार्यालय बागलुङको संयोजनमा आयकर संकलन शिविर संचालन गरिएको हो । शिविर तीन दिन सम्म संचालन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!