पर्वत– पर्वतको कुश्मामा संचालित वित्तिय संस्था गुप्तेश्वर इन्भेष्टमेण्ट कम्पनीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नव वर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले नागरिकको आर्थिक स्तरमा सुधार नआएसम्म मुलुकको विकास नहुने बताउँदै राज्यले नागरिकमुखि आर्थिक निति ल्याउनुपर्नेमा जोड दिएका छन् । अबको युग भनेको आर्थिक समृद्धिको भएकाले वित्तिय संस्थाहरुले पनि उत्पादन, औद्योगिकीकरण र रोजगारमुलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा संचालनहरु भोलानाथ लक्ष्मीकान्त आचार्य, भोलानाथ शर्मा, चन्द्रबहादुर क्षेत्री, राजेश श्रेष्ठ, अनिश श्रेष्ठ माया गिरी, प्रकाश कर्माचार्य लगायले शुभकामना मन्तव्य राख्दै कम्पनीको दायरालाई फराकीलो बनाउँदै जिल्लाका समग्र आर्थिक विकास हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रम कम्पनीका संचालक तथा कर्जा प्रमुख सुवर्ण अर्यालले संचालन गर्नुभएको थियो भने स्वागत संचालक शैलेन्द्र कर्माचार्यले गर्नुभएको थियो ।





