ट्रेड युनियन काँग्रेसको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न, सरकारले संवैधानिक अंगमा हस्तक्षेप गर्यो ः जोशी - News site from Nepal

पर्वत–‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मुल नाराका साथ स्थापित नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको प्रदेश नम्वर ४ स्तरिय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार देखी सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारले अधिनायकवाद चरित्र देखाएको आरोप लगाउनु भयो । उहाँले दुई तिहाईको दम्भ देखाउँदै संवैधानिक अंगमा हस्तक्षेप गरेको बताउनुभयो । जोशीले दुई तिहाई मत पाएको सरकारप्रति सर्वसाधारणको भरोसा गुम्दै गएको दावी गर्नुभयो । सरकारले पछिल्लो समय सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग लगायत संवैधानिक अंगहरु आफु अनुकुल चलाएर सबै क्षेत्रमा कार्यकर्ताको भर्ती केन्द्र बनाउन चाहेको आरोप लगाउनु भयो । ‘हिजो रेल, पानीजहाज र घरघर ग्यास बाँड्ने सपना देखाउने सरकार अहिले सबैे संवैधानिक अंगमा हस्तक्षेप गर्दै नीतिगत र कानूनी भ्रष्टाचार गरिरहेको छ,जोशीले भन्नुभयो ।,’

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य बद्री पाण्डेले मुलुक समृद्ध बन्न नेतृत्वको असल आचरण हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारको नेतृत्व गर्ने पार्टिमा असल आचरण नदेखिएकाले समृद्ध मुलुक बनाउने जनताको चाहनामा ठेस लागेको बताउनुभयो । सरकारलाई दुई तिहाईको दम्भवाट मुक्त भएर मुलुकको समृद्धिमा ध्यान दिन पाण्डेले सुझाव दिनुभयो । कार्यक्रममा नेपाल नेपाल टे«ड युनियन काँग्रेसका नेता रामजी कुवँर, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, पूर्व पार्टी सभापति नवराज गुरुङ, पूर्व साँसद ऋषिकेश तिवारी, नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रिय महासचिव योगेन्द्र कुवँर, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाई, महासमिति सदस्य बसन्तवहादुर सिके, कुश्मा नगरपालिकाकी उपप्रुमख सिताकाफ्ले लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

साथै सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको कार्यालय उद्घाटन गर्नुभएको छ । उद्घाटन क्रममा बोल्दै जोशीले कार्यालय स्थापना सँगै संगठनका गतिविधी प्रभावकारी रुपमा अगडी बढ्ने बताउनु भयो । नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्याक्ष जानकीकुमारी शर्मा र कार्यक्रमको संचालन सचिव गोविन्दप्रसाद शर्माले गर्नुभएको थियो । दुई दिनसम्म संचालन भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा संगठन विस्तार, नेतृत्व विकास र भावी रणनितिका विषयमा छलफल भएको नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!