पर्वतको जलजलामा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम - News site from Nepal

पर्वत–प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमीकमा आधारीत सामुदायीक आयोजना जलजला गाउँ पालिकाका ८ वटै वडामा प्रभावकारी रुपमा संचालन भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा श्रम र पारिश्रमिकमा आधारित योजना निर्माण गरी यूवालाई रोजगारी संग जोड्ने लक्ष्य लिएको अवस्थामा एक महिनाका लागि नियुक्त गरिएका कर्मचारीहरुको काम प्रभावकारी बन्दै गएको हो । जलजला गाउँ पालिकाका ६ नं वडा मा बाहेक अन्य सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढगले संचालन भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
चैत र वैशाख महिनामा वेरोजगारको सुचीमा सूचिकृत १ हजार पाँचसय एकाउन्न जना मध्ये चालु आर्थिक वर्षमा १ सय ४८ प्रत्यक्ष रुपमा कार्यक्रमवाट लाभान्वित रहेका छन् । यो आर्थिक वर्षवाट कम्तीमा ३० दिन वरावरको सरकारले वेरोजगारीलाई रोजगारी दिने मान्यता अनुरुप ८ वटा वडामा विभिन्न योजनाहरुमा काम भैरहेको छ ।
जलजला गाउँ पालिकाको आर्थिक वर्ष २०७५÷०७६ का लागी रु.२३ लाख रुपैया सशर्त अनुदान मार्फत आएको रकम वडा बाट प्राप्त निवेदनको आधारमा समानुपातिक तवरले प्रत्येक वडामा विनियोजन गरिएको शर्माले बताउनुभयो । यस आर्थिक वर्षमा १ सय ६८ जनालाई १५ दिनको काम दिने योजना रहेकोमा वडा नं ८ शालीजामा २० जनालाई रोजगारी दिने गरि बजेट विनियोजन भएता पनि त्यहाँ कार्यान्वयन हुन नसकेको र जम्मा १ सय ४८ जनाले अहिले रोजगारी प्राप्त गरेका हुन् । आठ वटा वडाका छुट्टाछुट्टै ठाउँमा बेरोजगार व्यक्तिबाट श्रमीक समुह गठन गरी गोरेटो बाटो निर्माण तथा सडकको मर्मत नाली खन्ने, खाल्डा खुल्डी पुर्ने सिंचाईको लागी कुलो मर्मत गर्ने काम अगाडि बढिरहेको छ ।
केही स्थानीय तहहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट प्राप्त रकमको दुरुपयोग भएको घटनाहरूबाट पाठ सिक्दै प्रचारमुखी शैलीलाई पन्छाएर उदेश्य र उपलब्धिमूलक उत्कृष्ट काम होस् भन्ने अभिप्रायले केही ढिलो कार्यक्रम शुरू भएतापनि रोजगारमुलक काममा संलग्न व्यक्तिहरूको प्रयास र मेहनतले प्रसंसायोग्य सम्मानित कार्य भैरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । असार मसान्तसम्ममा सबै योजनाको कार्यहरू समापन हुनेगरी कार्य अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!