पर्वत– बाच्छा महिला सञजालको आयोजनामा ७ दिने उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । विहादी गाउँपालिकाको सहयोगमा वैशाख २३ गतेदेखि संचालित तालिम शनिवार एक समारोहका बीच सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै बिहादी गाउँपालिकाकी उपप्रमुख डम्बरकुमारी गुरुङले तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । ग्रामीण भेगका महिलाहरु विभिन्न अवसर नपाउँदा अझैपनि चुलो चौकोमै सिमीत हुनुपरेको बताउँदै अब महिलाहरु पनि सिपमुलक र क्षमता विकास गरी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विहादी गाउँपालिकाले महिलाहरुको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको बताउनुभयो ।
कार्यक्रममा विहादी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हेमनाथ आचार्यले जवसम्म महिलाहरु राज्यको मुल प्रवाहमा आउन सक्दैनन तबसम्म मुलुककले चाहेको समाजवादको विहास हुन नसक्ने बताउनुभयो । उहाँले वडा स्तरमा हुने सवै कार्यक्रमहरुमा महिलाहरुलाई उच्च प्राथमिकता दिईएको पनि बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक लक्ष्मण सापकोटाले बोल्नु र भाषण गर्नका लागि पनि कलाको आवश्यकता पर्ने बताउँदै सक्षम व्यक्ति र नेतृत्व विकासका लागि स्थानीय तहहरुको विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विहादी गाउँ कार्यपालिका सदस्य लक्ष्मी आचार्य, प्रमुख प्रशिक्षक लक्ष्मण सापकोटा, बन तथा कृषि कार्यक्रम शाखा संयोजक राम पराजुली, सहभागिको तर्फबाट सजिता नेपाली लगायतले बोल्नुभएको थियो ।
तालिममा सहभागी हुनुभएका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि बितरण गरिएको छ । ७ दिन सम्म चलेको तालिमको सहजीकरण पत्रकार गणेश पौडेल, लक्ष्मण सापकोटा, र सुबास लामिछानेले गर्नुभएको थियो । समापन कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बिष्णु खड्का र सञ्चालन संस्थाका सदस्य नन्दु गुरुङले गर्नुभएको थियो । भने स्वागत सरिता गहतराजले गर्नुभएको थियो ।






