पाँच हजार शिक्षकको सरुवा गरिँदै - News site from Nepal
पाँच हजार शिक्षकको सरुवा गरिँदै

काठमाडाै‌ : देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएको छ।
कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी भएपछि सरकारको निर्णयअनुसार दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको हो।  सम्बन्धित जिल्लाका स्थानीय तहमा मात्र नभइ फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तन्तरण हुने शिक्षा मन्त्रालय स्रोतले जानकारी दियो।
अब १४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ।  १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए।
एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुनेसमेत मन्त्री पोखरेलले बताएका छन्, यो खबर आज नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!