काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङबीच द्वपक्षीय वार्ता सम्पन्न भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ।
द्विपक्षीय छलफलका क्रममा राष्ट्रपति सीले विमानस्थलमा स्वागतमा आयोजित समारोहबाट आफू खुसी भएको कुरा व्यक्त गरेका थिए। राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका हुन्।
राष्ट्रपति सी आज नै राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।