पर्वत खेलकुद बिकास समितिले दियो प्रहरीलाई खेलकुद सामाग्री - News site from Nepal
पर्वत खेलकुद बिकास समितिले दियो प्रहरीलाई खेलकुद सामाग्री

पर्वत– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति पर्वतको सहयोगमा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी कर्मचारीहरुका लागि खेलकुदका गतिविधि संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु आज बिहान एक कार्यक्रमका बीचमा हस्तान्तरण गरिएको हो । सो अवसरमा खेलकुद विकास समितिको तर्फवाट भलिवल, नेट, व्याट तथा टेवलटेनिसहरु प्रहरीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले स्वास्थ्यका लागि खेलकुदको महत्वपुर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले प्रहरी कर्मचारीहरुलाई खेलकुद सामाग्रीहरुले आफ्नो खेल क्षेत्रतर्फ लाग्न र शारिरीक, मानसिक तथा संवेगात्मक विकासमा थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले प्रहरी नायब उपरिक्षक स्यामु अर्याललाई सामाग्रीहरु प्रदान गर्नुभएको थियो ।
सो अवसरमा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, सामुदायिक प्रहरी सेवा कुश्मा पर्वतका अध्यक्ष शिव प्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्र कुमारश्रेष्ठ, निरबहादुर बानियाँ लगायतको सहभागिता रहेको थियाये । उक्त कार्यक्रमको संचालन प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!