पर्वतको चुवाकी क्यान्सर पिडित सुस्मिताको उपचारका लागि प्रवासीको सहयोग - News site from Nepal

पर्वत– हड्डीको क्यान्सबाट पिडित यहाँकी एक बालिकाको उपचारका लागि खाडी मुलुकमा रहेका प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।
हाडको क्यान्सरबाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी चौध वर्षिया बालिका सुस्मिता शर्माको उपचारका लागि रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । चुवाका कृष्ण गिरी र खुमनाथ पोखरेलको सक्रियतामा संकलन भएको रु १ लाख ११ हजार रुपैया मंगलवार विहान पिडित बालिकाका बाबु राजेन्द्र भुवाँजीलाई हन्तान्तरण गरिएको छ ।
गिरी र पोखरेलले व्यक्तिगत रु १०÷१० हजार रुपैया सहयोग गरेका थिए भने अन्य रकम उनिहरुको पहलमा संकलन भएको हो । हड्डीको (बोन) क्यासर रोग लागेपछि विगत तीन महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी सुस्मितालाई ठुलो धनराशि आवश्यक पर्ने भएकाले प्रवासमा रहेका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको गिरीले जानकारी दिनुभयो । लामो समय पर्वत र पोखराका विभिन्न अस्पतालमा परिक्षण गर्दा पनि रोग पत्ता नलागेपछि अन्तिममा क्यान्सर अस्पतालमा रिफर गरेपछि पत्ता लागेको हो । अहिलेसम्म रु ५ लाख रुपैया भन्दा बढि खर्च भैसकेको सुस्मिताका बाबु राजेन्द्रले गुनासो गर्नुभयो ।

अझै कति समय र कति खर्च लाग्छ भन्ने अनिश्चित रहेको छ । शल्यक्रिया र किमो चढाउँदा एकैदिन लाखौ रकम खर्च हुने गरेको बताउँदै घरमा भएको सवै नगद सकिएकाले कसैले आर्थिक सहयोग गरिदिएमा मात्र उपचार सम्भव हुने बताउनुभयो । आर्थिक अवस्था ज्यादै न्यून रहेको उक्त परिवारमा छोरीको उपचारका लागि धेरै आर्थिक समस्या रहेको कुश्मा नगरपालिका वडा नं. ८ चुवाका अध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्रवासीले पठाएको उक्त रकम कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले एक कार्यक्रमका बीच मंगलवार विहान हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै जोशीले नगरपालिकाको तर्फवाट तत्कालका लागि रु १५ हजार रुपैया सहयोग गर्ने र अन्य सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उनको उपचारका लागि कुश्मा नगरपालिका वडा नं. ८ चुवाले पनि रु २५ हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै स्थानीय अथवा समुहले झण्डै एक लाख ६० हजार रुपैया संकलन गरी पिडितलाई हन्तान्तरण गरिसकेको जनाएको छ ।
कक्षा १० मा अध्यययनरत बालिका एक्कासी बिरामी परेपछि परिवार पनि समस्यामा परेको छ भने बालिकाको भविष्य समेत अन्यौलमा परेको छ । उनको गत साता पहिलो शल्यक्रिया समेत गरिएको थियो । उनको दाहिने खुट्टाको हड्डीका क्यान्सर देखिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने स्थानीय दुर्गा गिरी, पुजा गिरीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!