पर्वतको रानीपानीमा कांग्रेसको भेला तथा अन्तरक्रिया - News site from Nepal
पर्वतको रानीपानीमा कांग्रेसको भेला तथा अन्तरक्रिया

पर्वत–पहिलो चरणको राष्ट्रिय जागरण अभियान सकेको पर्वत काँग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई भने निरन्तरता दिएको छ । जागरण अभियान पछि पनि आज जिल्लाको बिहादी गाउँपालिका वडा न ३ रानीपानीमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा पार्टीका अगुवा तथा कार्यकर्ताले अन्तरक्रियामा सुझाब का रुपमा आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष ध्रुव सुवेदीले कार्यक्रमको बारेमा स्पष्टीकरण पार्दै पार्टीको सुदृढीकरणसँगै समाज र रास्ट्रको समृद्ध समाज निर्माण का लागि समाजबाद बाट मात्र सम्भव रहेको बताउनुभयो । पार्टीमा पनि अनुशासन र निष्ठामा नेतृत्वले महत्वपूर्ण रुपमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल दलित संघका अध्यक्ष याम परियार शिवले पार्टीमा बिपिको समाजबादी सिद्धान्त, नीति र काँग्र्रेस पार्टी को विधि, बिधान, जागरणको आवस्यकता, महत्व र भावी रणनीतिको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा काँग्रेसका युबा नेता हरि न्यौपानेले पार्टीको निति र निस्ठालाइ, मर्यादित बनाउनुपर्ने व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य गोबिन्द पराजुली, आमन्त्रित सदस्य नबराज पराजुली, पत्रकार साजन परियार, स्थानीय धनबहादुर क्षेत्री, मोतिलाल भट्टराई, सारदा प्रसाद भट्टराई, फणीन्द्र प्रसाद मास्के, लाल बहादुर कँुवर , चुडामणि पौडेल, राम प्रसाद ढकाल, बिशाल लोहनी, लक्ष्मि सुवेदी लगायतले महत्वपूर्ण सुझाव राख्नुभएको थियो । नेपाली काँग्रेस रानिपानीका अध्यक्ष ओमप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेपाली काँग्रेस रानीपानीका सचीव जयलाल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!