बागलुङ- पर्यटन, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाल भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभएको छ ।
बागलुङको घार्मिक पर्यटकिय स्थल भैरवस्थान मन्दिरमा आयोजना गरिएको कार्यक्रममा बोल्दैं उहाँले यस्तो बताउँनुभएको हो । मन्त्री लम्सालले नेपाल सरकारले बागलुङको चर्चित घार्मिक स्थल भैरबस्थान मन्दिरको विकासको लागि ५० लाख छुट्टाएको भन्दैं आयोजना वद्ध तरिकाले काम गर्नुपर्ने बताउँनुभएको थियो । उहाँले बागलुङलाई घार्मिक पर्यटकको गन्तव्य स्थल बनाउँनको गुरु योजना बनाउन जरुरी रहेको बताउँनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बागलुङको भैरवस्थानलाई पर्यटनको केन्द्र बनाउन नगरपालिकाको तर्फबाट सहयोग गरिरहेको र सरकारले पनि १०० गन्तव्यमा राखेको बताउनुभएको थियो । उहाँले सबै एकजुट भएर अगाडि बढ्न सकेको खण्डमा भैरवस्थान मन्दिरको मात्र नभएर यस क्षेत्रकै बिकास गर्न सकिने बताउँनुभएको थियो । पौडेलले पछिल्लो समय बागलुङमा विदेशि पर्यटकहरु आउँने क्रम शुरु भएको भन्दैं यस्को निरन्तरताको लागि पनि जिल्लाका पर्यटकिय स्थलको प्रचार प्रसार र सर्वद्धनको जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकार लुकबहादुर क्षेत्री, बागलुङ नगरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण पौडेल, नेपाली कांग्रेसका वडा अध्यक्ष चन्द्र बहादुर खत्री, जिल्ला पर्यटन केन्द्रका अध्यक्ष राजु खड्का लगायतका बक्ताहरूले पर्यटक भित्र्याउन स्थानीय स्तरमै काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँहरुले पर्यटकको केन्द्र बनाएर मात्रै नहुँने भन्दै पर्यटक आउदा खानेबस्ने होटल लगायतका संरचना बनाउन जरुरी रहेको धारणा राख्नुभएको थियो ।
बागलुङ नगरपालिका वडा वडा नम्बर १२ का वडा अध्यक्ष गुरुदत्त पाठक अध्यक्षत, पुर्वाधार निर्माण समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको स्वागत र डिल्ली आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






