पर्वत– नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख पर्वतको स्थानीय तह संयोजन घोषणा सभा सम्पन्न भएको छ । संघियता संगै पार्टिको संरचना प्रदेश क्षेत्र क र ख मा विभाजन गरिएको हो । हिजोबाट औपचारिक रुपमा संयोजन घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टिलाई सांगठनिक रुपमा बलियो र आपसी समझदारीलाई दरिलो बनाउने बताउनुभयो । उहाँले पार्टि कमजोर हुनुका कारण केलाएर अव संगठन बलियो बनाउनुपर्ने बताउनुभयो ।
एकले अर्काको खुट्टो तान्ने र सामाजिक सञ्जालमा आलोचना गर्ने कामले पार्टिलाई कमजोर बनाउने भएकाले कुनै असन्तुष्टिका विषय भए पार्टिको आधिकारिक मञ्चमा छलफल गर्न जोशीले सुझाव दिनुभयो । नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख का सभापति क्याप्टेन धनबहादुर थापाको सभापतित्वमा सप्पन्न भएको कार्यक्रम स्वागत महाशिला गाउँपालिकाका प्रत्याशि उज्ज्वल गुरुङ र नेपाली कांग्रेस पर्वतका जिल्ला सदस्य अशोक उचै ठकुरीले गर्नुभएको थियो ।
स्थानीय तहका संयोजन निर्वाचन समितिका केन्द्रिय प्रतिनिधि हरिराम रेग्मिले कार्यक्रमको उदेश्यमाथि प्रकाश पर्नुभएको थियोे ।





