सीको भ्रमणमा नेपालको प्राथमिकता: रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्म - News site from Nepal

काठमाडौं : चिनियाँ राष्ट्रपति सीको चिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले  केरुङ काठमाडौं रेलमागको डिपिआरदेखि नाका स्तरोउन्नतिसम्मका विषयलाई उठाउने तयारी गरेको छ।
शनिबार र आइतबार हुने भ्रमणका क्रममा नेपालले यी एजेण्डा उठाउन थालेको हो।  रेलमार्ग निमार्णको मोडालिटी, लगानी र अन्य विषय डिपिआरपछि टुंगो लाग्ने छ अहिले डिपिआर सम्झौता गरिने छ। त्यस्तै काठमाडौं, टोखा नुवाकोटको ६ किलोमिटर सुरुङमार्ग निमार्ण गर्ने सवालमा पनि सम्झौता गर्ने तयारी गरिएको छ।
कान्तिपुर दैनिकअनुसार नेपाल र चीन बीच गत वर्ष सम्झौता भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपाल चीनका चार सामुन्द्रिक र तीन सुख्खा बन्दगाहाको प्रयोगका सवालमा पनि छलफल गरिने कार्यक्रम रहेको छ।  किमाथांका र कोराला नाकाको स्तरोन्नतिसहित संचालन तातोपानी मार्गको स्तोरनोन्नती लगायतका विषयमा पनि छलफल गरिने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!