पर्वत–पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत कालोपत्रे हुन लागेको पर्वतको साईकलचोक–गहतेपोखरा सडकको सांसद पदम गिरीले अनुगमन गर्नुभएको छ । चालु आर्थिक वर्षको बजेटबाट रु. ४० लाख रुपैया बिनीयोजन गरेपछि यतिवेला उक्त सडकको कालोपत्रे गर्न थालिएको हो । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीदेखि वडा नं. १२ ठुलीपोखरी जाड्ने सडकको साईकलचोक–गहतेपोखरा खण्ड कालोपत्रे गर्न लागिएको हो । उक्त सडकले झण्डै चार सय मिटर कालोपत्रे हुने बताईएको छ ।
कुश्मा कन्ट्रक्सनले जिम्मा लिएको उक्त कालोपत्रेको काम चालु आर्थिक वर्ष भित्रनै सम्पन्न हुने भएको छ । सडक अवलोकन गर्दै सांसद गिरीले सडक निर्माण गर्दा गुणस्तरलाई ध्यान दिन आग्रह गर्नुुभयो । दिनभरी कालोपत्रे गर्ने, राती आएको बाढीले बगाउने गरी विकास नगरी लामो समय टिक्नेगरी गुणस्तरमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नेताहरु गोविन्द पहाडी, इश्वर गिरी, पिपलटारीका वडा अध्यक्ष सुजन विक लगायतको पनि सहभागिता रहेको थियो । पर्वतका यस वर्षदेखि झण्डै एक सय किलोमिटर ग्रामीण सडक कालोपत्रेका लागि धमाधम काम भैरहेको छ ।






