पर्वत-पर्वतको फलेवास नगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम संचालन हुने भएको छ ।
खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता वैशाख २७ देखि २९ गतेसम्म संचालन गरिने भएको हो । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रमुख पदमपाणी शर्माले उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन जानकारी दिनुभयो ।
प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाको सहभागिता रहने बताईएको छ । नगर भित्र रहेका खेल प्रतिभाहरुको खोजी गर्ने तथा उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताले सहयोग पुग्ने नगरप्रमुख शर्माको भनाई छ ।
यसैबीच राष्ट्रपती रनिङ शिल्ड र प्रथम मेयर कप खेलकुद प्रतियोगिताको सन्देश प्रवाह गर्ने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीका बीच मैत्रीपूर्ण फूटवल खेल बिहिबार सम्पन्न गरिएको छ । मैत्रीपूर्ण खेलमा कर्मचारीले जनप्रतिनिधी माथि १ः० को अग्रताका साथ बिजय हाँसिल गरेको छ ।






