
माधव पराजुली,पोखरा
पर्वतको विहादी गाउँपालिका वडा नं. १ स्थित बाच्छामा बच्छेश्वर सामुदायीक होमस्टे सञ्चालनमा आएको छ ।
प्राकृति सँग रामाउन चाहाने पर्यटक र ग्रामीण परिवेश बुझ्न चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षीत गरी बच्छेश्वर सामुदायीक होमस्टे सञ्चालनमा आएको हो ।
सोमवार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले देश संघियतामा गए सँगै गण्डकी प्रदेश सरकार गठन भएको र प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनलाई प्राथमिकता दिने क्रममा होमस्टेलाई अग्रस्थानमा राखेको बताउनुभयो । प्रदेश सरकारले पर्यटन,कृषि,उद्योग,उर्जा लगाएतलाई समृद्धिका आधारहरु मानेको बताउदै होमस्टेले पर्यटकीय हव बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्ने स्थानियको आम्दानीको स्रोत बढाउन होमस्टे कोशेढुंगा सावित हुने दावी गर्नुभयो ।
होमस्टेले उत्पादन वृद्धि,रोजगारी सिर्जना सँगै परम्परागत लोपउन्मुख संस्कृतिहरुको संरक्षण तथा जगर्ने गर्न सक्नुपर्नेमा जोडदिनुभयो ।
होमस्टेमा आएका पाहुनाहरुलाई अतिथि देवो भवः तथा उनीहरुलाई सम्मान गर्दै भरपुर सेवासुविधा दिई पाहुनाको मन जित्ने गरि काम गर्न होमस्टे सञ्चालहरुलाई आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले गत आर्थीक बर्षमा ३ सय होमस्टे स्थापना गर्ने लक्ष्य लिई २ सय ७४ होमस्टेलाई ३० करोड बजेट वितरण गरेको बताउनुभयो । सरकारले यस आर्थीक बर्षमा ५० वटा होमस्टे थपगर्न लागेको छ ।
गण्डकी प्रदेश सरकारले होमस्टेको वर्गिकरण गरी यस आर्थीक बर्षमा गण्डकी प्रदेश भित्रका होमस्टेहरुलाई २५ करोड अनुदान दिनलागेको मन्त्री लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले विहादी गाउँपालिका र महाशिला गाउँपालिकाका पर्यटकीय स्थलहरु सँग सिधा जोडी पर्यटकीय प्याकेजका नयाँ कार्यक्रमहरु सञ्चालन गरी ग्रामिण पर्यटनको हव बनाउन सकिने बताउनुभयो । उहाँले विश्वकै ठुलो शिला शालिग्राम र महाशिला पर्यटकीय प्याकेजको रुपमा विकास गर्न आफुहरु सधै तयार रहेको समेत बताउनुभयो ।
विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाल भुषालले होमस्टे शुरुवातपछि यसलाई सञ्चालन गर्ने,पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन तथा विहादीका पर्यटकीयस्थलहरु सँग सिधा जोड्दै ग्रमिण पर्यटनको उत्कृष्ट नमुनाका रुपमा यसलाई विकास गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
बच्छेश्वर सामुदायीक होमस्टेको भौतिक पूर्वाधार व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले १० लाख रकम प्रदान गरेको थियो भने स्थानियवासीले १८ लाख रकम गाउँमा संकलन तथा जनश्रमदान गरेका थिए ।
उक्त होमस्टेमा ५० जना मानिसहरु सजिलै सँग बासबस्न मिल्छ । यहाँ आर्गानिक स्वादिष्टखानाका परिकार सँगै गुरुङ समुदायको कलासंस्कृति सँग रमाउन पाईन्छ ।
यहाँ बास बस्ने पर्यटकहरुले प्रसिद्ध धार्मीक पर्यटकीय स्थल बच्छेश्वरकोटको दर्शन सँगै २३ सय मिटर उचाईमा रहेको गोल्र्याङ टाकुरी बाट मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यहाँ बाट धौवलागिरी,माच्छापुच्छ«े लगाएतका हिमशृंखलाहरुको अवलोकन गर्न पाईन्छ ।
आम्दानीको अतिरिक्त स्रोत र पर्यटकीय सेवाका निम्ति होमस्टे सञ्चालनमा ल्याएको होमस्टेका अध्यक्ष चन्द्र बहादुर गुरुङले बताउनुभयो ।