पर्वत प्रशासनले हरितालिका तीजमा किन गर्यो कडाई, भोजभतेरको कार्यक्रम गर्न नपाईने - News site from Nepal

पर्वत / तीज महिलाहरुको पर्व हो । नेपाली महिलाहरुले तीजलाई मौलिक पर्वको रुपमा मनाउँदै आएको पाइन्छ । महिलाले तीजलाई आफ्ना पिडा ब्यथा पोख्ने देखि माईतीमा दिदी बहिनी जम्मा हुने अवसरको रुपमा पनि मनाउँछन । तर पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व तीज भड्किलो बन्दै गएको छ । तीजका बेला एक महिना पहिले देखि होटल र पार्टी प्यालेसमा मदिरा सहितका भोज भजेर समेत चल्छन । मौलिक र साँस्कृतिक पर्व तीजमा भ्डकिलो र सामाजिक मर्यादा बिपरितका क्रियाकलाप हुन थालेपछि पर्वतकी महिला सिडीयो नै यस्ता कार्यक्रम रोक्न कस्सिएकी छन । जिल्ला प्रशासन कार्यालय पर्वतले होटल र पार्टी प्यालेसमा तीज कार्यक्रम गर्नेलाई काबार्ही गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बिहीबार सार्वजनिक सुचना जारी गर्दै तीजलाई भड्किलो हुनबाट रोक्न महंगा होटल र पार्टी प्यालेसमा कार्यक्रम र भोजभतेर गर्नेलाई समातेर कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

महिनादिन अघि देखि नै ठूला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीज मनाउने कामले बिकृती र सुरक्षा चुनौती समेत बढाएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ । ‘बिभिन्न होटल तथा पार्टी प्यालेसमा महंगो दर खाने, फजुल खर्च गर्ने, गहना प्रर्दशन गर्ने तथा सांगितीक कार्यक्रमका नाममा ध्वनी प्रदुषण गर्ने कार्यले तीजको मौलिकता माथि नै आँच आउँछ’ सुचनामा भनिएको छ ‘मौलिक परम्परामा आउँच आउने गरि कुनैपनि कार्यक्रम नगर्नु÷नगराउनु हुन यो सुचना जारी गरिएको छ’ मौलिक परम्परा र सामाजिक मर्यादा नाँघेर कार्यक्रम गरिएमा कानुन अनुसार काबार्ही हुनेछ’
आजकलको तीजले संस्कृति नझल्काउने, महंगा रिसोर्टमा गएर दिनहुँ दर खाने समस्या बिकराल बन्दै गएको भन्दै कास्की जिल्लामा सामाजिक संघसंस्थाले यस्ता कार्यक्रम रोक्न अनुरोध गरेका थिए । तीजका नाममा धनी र गरिव बीचमा ठूलो खाडल सिर्जना गरेको हुँदा यसलाई तुरुन्त रोक्नुपर्छ भनेर अभियान शुरु गरिएको अभियान्ता अञ्जु क्षेत्रीले बताउनुभयो । उहाँकै नेतृत्वमा रहेको नारी जागरण अभियानले ज्ञापनपत्र सहित तीजको भड्किलोपना रोक्न जिल्ला प्रशासन र प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज पर्व परेको छ । पर्वत,कास्की संगै काभ्रेपलाञ्चोक लगायतका जिल्लाले भड्किलो तीज कार्यक्रम नगर्न सार्वजनिक सुचना जारी गरिसेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!