आज राष्ट्रिय कानुन दिवस : सबै अदालत बन्द - News site from Nepal
आज राष्ट्रिय कानुन दिवस : सबै अदालत बन्द

काठमाडौं : आज राष्ट्रिय कानुन दिवस। नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आएको छ।
सो ऐनमा लालमोहर लगाएको स्मरण गर्दै सोही दिन कानून दिवस मनाउने गरेको छ।  दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै निश्पक्ष र सक्षम न्यायापालिकाको प्रवद्र्धन गरिने बताएका छन्। सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने प्रनधानन्यायाधीश राणाले विश्वास गरेका छन्।
वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले न्यायलयको शुद्धीकरण अभियान शुरु गरेका छन्।  त्यो कदमले नागरिकमा निष्पक्षरूपमा न्याय पाउने आशा बढेको छ।  सर्वोच्च अदाललते विशेषरूपमा कानून दिवस मनाउँदै छ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उपस्थिति हुने कार्यक्रम रहेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पाेखरेलले जानकारी दिए। सर्वोच्च अदालतले कानुन दिवसका अवसरमा देशभरका न्यायालयमा सार्वजनिक बिदा दिएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!