पर्वत काँग्रेसमा भुँईचालो, काँग्रेस निकट शिक्षक बिक नेकपा निकट संगठनमा प्रवेश - News site from Nepal

पर्वत–लामो समयदेखि नेपाली काँग्रेस र शिक्षक संघमा आवद्ध शिक्षक विष्णुवहादुर विक दिपक नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गर्नुभएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविमा अध्यापनरत विकलाई बुधवार एक कार्यक्रमका बीच संगठनमा प्रवेश गराईएको हो । तत्कालीन नेपाली काँग्रेस ठुलीपोखरीका उपसभापति र शिक्षक पेशामा प्रवेश गरेपछि शिक्षक संघमा आवद्ध समेत रहेका बि.कलाई नेकपाका नेता मेघनाथ सुवेदी, नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य शारदा कुमारी शर्मा लगायतले टिका र खाँदा लगाएर स्वागत गर्नुभएको थियो ।
सो अवसरमा नवप्रवेशी शिक्षक बिकले नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपाले निर्देशित गरेका कुराहरुमा विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो । आफु हिजो रहेको पार्टी र संस्थाबाट कुनै सहयोग नपाएपछि नेकपा निकट शिक्षक संगठनमा प्रवेश गरेको बताउँदै उहाँले शैक्षिक क्षेत्रको सुधारका लागि सक्रिय रहने प्रतिवद्धता समेत गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले शिक्षक संगठन पार्टीको मजबुत खम्बा भएको बताउँदै यसको हकहित, संरक्षण र सम्वद्र्धनका लागि आफुले निरन्तर सहयोग गर्ने बताउनुभयो । शिक्षकका पेशागत मुद्धाहरुमा नेकपाले सँधै समर्थन गर्ने उहाँको भनाई रहेको थियो । शिक्षक विष्णुको दलित समुदायमा समेत राम्रो प्रभाव रहेको बताउँदै उहाँलाई नेकपा र शिक्षक संगठनले पाउनुले ठुलो फाईदा पुग्ने बताउनुभयो ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष चिरञ्जिवि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको प्रवेश कार्यक्रमको संचालन सचिब सुरेन्द्र गौतमले गर्नुभएको थियो । कार्यक्रमका लागि सहजीकरण संगठनका कोषाध्यक्ष शिक्षक आनन्द रिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!