
पर्वत । पूर्वाधार विकास कार्यालय पर्वतले गति लिएको छ । कार्यालय स्थापना भएको महिनौ दिनसम्म पनि प्रदेश ममातहतका अरु कार्यालयहरुमा काम नभईरहेको बेला पूर्वाधार कार्यालय पर्वतले भने गति लिएको हो ।
निर्माण सम्पन्न गर्नुपर्ने सडकहरुको टेण्डर प्रक्रिया सक्दै पूर्वाधार कार्यालयले चालु आर्थिक बर्षका लागि बार्षिक कार्यक्रमहरु निर्माणको चरणमा लगेको छ । पर्वत र बागलुङ जिल्ला हेर्ने गरी प्रदेश सरकार मातहतमा स्थापना भएको कार्यालयले चालु आर्थिक बर्षमा झण्डै साढे दुई दर्जन सडकहरुको स्तरोउन्नतीको कार्य गर्नेछ ।
कार्यालयमा ५० लाख देखि माथिका योजनाहरु छन । कार्यालयका सिनियर डिभिजन प्रमुख इन्जिनियर दयाराम अधिकारीका अनुसार चालु बर्षमा तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी कार्य अगाडि बढेको छ । पर्वत र बागलुङका ग्रामीण सडकहरुको स्तरोउन्नतीको जिम्मा लिएको पूर्वाधार कार्यालयले सवै सडकहरुलाई पक्कि बनाउने गरी डिजाइन स्टिमेट गरेको कार्यालय प्रमुख इन्जिनियर अधिकारीले जानकारी दिए ।
१ करोडको १० वटा, ५० लाख ७ वटा र ३० करोड लागतको एक वटा सडकको सुचना प्रकाशन भई निर्माण प्रक्रिया शुरुवात भएको अधिकारीको भनाई छ । प्रदेश सरकार मातहतमा रहेका अरु कार्यालयको तुलनामा छिटो र दु्रत गतिमा बार्षिक कार्यक्रम अगाडि बढाउने कार्यालयको रुपमा सफल बनाउन आफूले मेहनत गरीरहेको अधिकारीले बताए ।
बाँकी रहेका साना केहि सडकहरुको आगामी माघ महिना भित्रैमा डिजाइन स्टिमेट गरी निर्माण प्रक्रिया अगाडि बढ्ने अधिकारीको भनाई छ । कार्यालय मार्फत निर्माण हुने सवै सडकहरु निर्माण ब्यवसायी मार्फत हुनेछन । हालसम्म १८ वटा सडकको सुचना प्रकाशन गरी ब्यवसायी छनौटको प्रक्रिया अगाडि बढाइएको अधिकारीले जानकारी दिए । प्रदेश सरकारले काम गर्न नसकेको र बजेट खर्च नहुने सम्भावना बढेको भनेर सवत्र आलोचना भईरहेको बेला पूर्वाधार कार्यालय पर्वतले भने बार्षिक कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाएको छ ।