प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु - News site from Nepal
प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक दिउँसाे १ बजेबाट सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वैचारिक तथा संगठन सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
आजको बैठकमा उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृयाबारे टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ। सोमबार विहान नौ बजे बैठक बस्ने तयारी भएपनि नेताहरुको समय व्यवस्थापनका कारण बैठक दिउँसो १ बजेलाई सारिएको थियो ।  अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गर्ने बिषयबारे आइतबार नै पार्टीका नेताहरुसँग छलफल गरिसकेका छन् ।
सचिवालय बैठक अगाडी अध्यक्ष प्रचण्डले सोमबारै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल र संगठन विभाग प्रमुख बामदेव गौतमसँग खुमलटारमा छलफल गरेका थिए ।   आइतबार प्रचण्डले सचिवालय बैठकलाई लिएर अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि सम्वाद गरेका थिए । पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै छ महिने अभियान चलाउने योजना समेत प्रचण्डले बैठकमा पेश गर्ने बताइएको छ । आज सोमबार नै दिउँसो चार बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्रीपरिषद् बैठक डाकेका छन्।
अस्वस्थ भएपछि उपचार गराई बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले दुई सातापछि मन्त्रीपरिषद् बैठक बोलाएका हुन्। आजको बैठक सिंहदरबारमा नभइ प्रधानमन्त्री निवास बालुवाटारमैं बस्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!