जनतालाई उत्पादन र रोजगारी सँग जोड्न पूर्वाधार निर्माणमा लागेकाछौँः मन्त्री लम्साल - News site from Nepal

पोखरा
पोखरामा ३० जना कफी कृषकहरुलाई कफी उद्यमशिलता रोस्टिंग तथा कपिंग सीप विकास तालिम प्रदान गरिएको छ । कृषकहरुलाई कफी खेती लगाउन प्रोत्साहन गर्र्दै कफीको उत्पादन वृद्धि गर्ने तथा कफीलाई आन्तराष्ट्रिय बजारमा बिक्रीवितरण गर्ने उद्देश्य सहित राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यलय पोखरले तालिम प्रदान गरेको हो ।
किसानलाई कफीको बिरुवा रोप्नेदेखि कप (उत्पादन गरेर खाने),भुट्ने,सुकाउने,प्रशोधन गर्ने सम्मको विधिबारे जानकारी दिइएको छ ।
किसानलाई कफीको नर्सरी उत्पादन गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट गर्ने, बढी फल फलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने,भुट्ने पिस्ने तथा प्रसोधन गर्ने देखि बजार व्यवस्थापन सम्मका सबै तालिम दिएको वोर्डले जनाएको छ ।
व्यवसायिक तथा प्राविधिक सीप भएका दक्ष श्रमिकहरुलाई लक्षित गरी स्वदेशमै स्वरोजगारमूलक व्यवसाय संचालन गर्न आयोजना गरिएको कफी उद्यमशीलता सम्बन्धी ३ दिने तालीम शनिवार सकिएको हो ।
तालिम समापनका अवसरमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले कृषि,पर्यटन,उद्योगको माध्यम बाट रोजगारी सिर्जना गर्न प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो ।
“कृषि उत्पादनमा लाग्ने तथा कृषिमा आश्रित किसानहरुलाई सरकारले सहयोग गर्छ,गर्दै आएको पनि छ,कृषि खेती गर्ने,त्यसको बजारीकरण गर्ने त्यो सबै काम तपाईले गर्ने हो, मन्त्री लम्सालले भन्नुभयो,”सरकारको काम पूर्वाधार निर्माण गर्ने हो, सहज किसिमले कृषि व्यवसाय गर्न वातावरण सिर्जना गर्ने हो । केहीँ गर्छु भनी जोश जागँरका साथ यूवाहरु तयार भए सरकारले जुनसुकै सहयोग गर्न पनि तयार रहेको उहाँको भनाई थियो ।
“विदेशी भुमीमा १९ घण्टा सम्म जस्तो सुकै काम गर्न पनि मन पराउने नेपालीहरुले स्वदेशी भुमीमा ईलम गर्न तथा लगानी गर्न तयार नहुने अनि सरकारलाई केहीँ गरेन भनी आरोप लगाउने परिपाटी छ,मन्त्री लम्सालले भन्नुभयो”यो काम गर्छु भनी योजना बोकेर आउनुहोस् सरकारले कुन लेभलको सहयोग गर्ने हो गर्छ ।
नेपाल कृषि प्रधान देश भएकाले देशको समृद्धि र जिवन स्तर उकास्नका लागि कफी खेती व्यवसायीक र आधुनिकिकरण तथा नयाँ प्रविधि बाट गर्ने हो भने गण्डकी प्रदेशमा कफी खेतीको राम्रो सम्भावना रहेको चर्चा गर्नुभयो ।
केन्द्रिय कफि व्यवसाय महासंघका कोषाध्यक्ष आनन्द सुवेदीले विदेशीएका यूवाहरुलाई स्वदेशमा फर्काइ कफि खेती तर्फ आकर्षण गराई कफी खेतीको विकास र विस्तार गर्न सके कफी बाट आर्थीक समृद्धिका साथै रोजगारका प्रशस्त ढोकाहरु खुल्ने बताउनुभयो । साथै उहाँले सामुदायीक वनमा कफी खेती गर्न नपाउने नितिका कारण कफी खेती बाट अपेक्षीत प्रतिफल नआएको भन्दै सामुदायीक वनमा कफीखेतीको विस्तार गर्न पाउनुपर्ने माग समेत राख्नुभयो ।
तिन दिने कफी उद्यमशिलता रोस्टिंग तथा कपिंग सीप विकास तालिम बाट धेरै ज्ञान हासिल गरेको भन्दै समिक्षा शर्माले तालिम प्रदान गरेकोमा वोर्डलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!