पर्वतको शंकरपोखरीका असिना पिडित कृषकले अझैसम्म पाएनन् राहत - News site from Nepal
पर्वतको शंकरपोखरीका असिना पिडित कृषकले अझैसम्म पाएनन् राहत

पर्वत– असिनापानीका कारण ठुलो क्षति व्यहोरेका पर्वतका पिडित कृषकहरुले अझैसम्म पनि राहत पाउन सकेका छैनन् ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा गत जेठमा खाद्यबाली र तरकारीमा ठूलो क्षती व्यहोरेका किसानहरुले अहिले सम्म राहात पाउन नसकेका हुन् । किसानहरु राहातको पखाईमा भएपनि अहिले सम्म राहातको कुनै गुन्जायस नपाएको कृषक प्रेमप्रसाद तिवारीले गुनासो गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा र कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मी लगायत गाउँमै पुगेर किसानलाई राहात दिने आश्वसन दिए पनि अहिले सम्म सरकारको राहात शंकरपोखरीमा पुग्न सकेको छैन ।
किसानहरु सरकारले राहात दिने प्रतिक्षामा रहेपनि सरकारले छलेको भन्दै आक्रोशित भएका छन् । शंकरपोखरीको मैदान, पोखराचौर, धुवीकोट, थुम, भलपोखरा, पुर्कोट, कुँडापानी, चाम्लेस्वाँरामा ३ सय हेक्टरमा मक खेती नष्ट भएको थियो भने किसानहरुले गरेको व्यवसायिक तरकारी खेती असिनाले सोत्तर बनाएको कृषि प्राविधिक कृष्णप्रसाद तिवारीले बताउनुभयो ।
६० वटा प्लाष्टिक टनेलमा असिनाले क्षती भएको र अहिले सम्म तरकारी उत्पादन हुन नसकेको तिवारीले बताउनुभयो । असिनाले अन्नको बीउ समेत बाँकि नरहेपछि किसानहरुले राहातको माग गरेका थिए । देशका उच्च तहमा पुगेका व्यक्ति गाउँमा पुगेर राहात दिने वाचा दिएपछि स्थानीय राहात आउने कुरामा ढुक्क थिए । तर, अहिलेसम्म राहात नआउँदा किसानहरु सरकारको विश्वास गुम्दै गएको गुनासो गर्न थालेका छन् । फलेवास नगरपालिकाले भने राहातका लागि केन्द्र र प्रदेश सरकारसँंग माग गरेको र अहिले पनि पहल गरिरहेको जनाउँछ ।
नगरप्रमुख पदमपाणी शर्माले राहातको खोजी गरिरहेको बताउनुभयो । असिनापानीले आहात भएपछि काँग्रेस नेता गंगाधर तिवारीले रु. एक लाख रुपैयाँ राहात दिए पनि अरु निकायले कुनै क्षतीपुर्ती नदिएको किसान पूर्णबहादुर दर्जीले बताउनुभयो । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!