पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले नेपाली सेनाका सकल दर्जाले प्रयोग गर्ने पोशाकको दुरुपयोग भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सेनाले प्रयोग गर्ने मध्ये क्यामोफ्लाईज कपडा स्थानीय बजारमा विक्रि गर्ने गरेको तथा गैरसैनिक व्यक्तिहरुले लगाउने गरेको भन्दै अन्य व्यक्तिले प्रयोग गर्न नपाईने जनाएको छ । नेपाली सेनाले मात्र प्रयोग गर्ने गरेको उक्त कपडा वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन रक्षक तथा निजि क्षेत्रका केहि सुरक्षा गार्ड, गैर सैनिक तथा अपराधिक कार्यमा संलग्ना व्यक्ति तथा समुहले समेत प्रयोग गर्ने गरेको पाईएकोले उक्त कपडा सैनिक व्यक्ति बाहेक अन्य गैरसैनिकले प्रयोग गर्न नपाईने भन्दै सचेत रहन आग्रह गरेको हो ।
जानकारीको अभावमा अहिले सम्म सैनिक पोशाक लगाउने व्यक्रिहरुले तत्काल उक्त लुगा नलगाई सैनिक पोशाकको सम्मान गरिदिन पनि प्रशासनले एक सूचना प्रकाशन गरी आग्रह गरेको छ ।






