तनहुँ / पहाडकी रानी तनहुँको बन्दीपुरमा निर्माण भैरहेको बन्दीपुर केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ ।
केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड
तथा पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले
निर्माण गर्न लागिएको उक्त भवनको आज शिलान्यास गरेका हुन् ।
बन्दीपुर
गाउँपालिका–४ ठूल्ढुङ्गामा १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको
उक्त भवन १५ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
उक्त भवन आरकेडी
रियल स्टेट एण्ड कन्स्टक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड,
टुरिज्म इन्भेष्टमेन्ट फण्ड र बन्दीपुर गाउँपालिकाको साझेदारीमा एक अर्ब
३८ करोडको लागतमा बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना पनि निर्माण
निर्माण गर्न लागिएको छ । केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन
निर्माण गरिनेछ । ८२ करोडको लागतमा निर्माण हुने उक्त होटलमा आधुनिक भ्यू
टावर, बेनक्युट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिनुभयो । बन्दी
केबलकार र पञ्चासे केबलकार स्वेदश तथा प्रबासमा रहेका उत्साही युवाहरुले
स्वदेशमै गर्ने उद्देश्य सहित साझेदारीमा निर्माण थालेको बताउँदै अध्यक्ष
शर्माले दुबै परियोजनामा साझेदारी गरेर अगाडी गर्न सबैलाई आग्रह गर्नुभयो ।
निजी, साझेदारी, सहकारी र सरकारी अबधारणा अनुसार दुबै योजनाहरु सम्पन्न
गरिने उहाँको भनाई छ ।

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त कम्पनीले विविध पूर्वाधार निर्माणको योजनाअनुसार कामलाई तीव्रता दिएको छ । ५६ करोडको लागतमा केबलकार निर्माण गरिने योजना रहेकामा उक्त कम्पनीले केबलकारमा आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थपेको कम्पनी प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताउनुभयो । ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् ।विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गा स्वाँराबाट शुरु हुने केबलकारले सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।
बन्दीपुर केबलकार निर्माण गरिरहेको कम्पनीले पोखरा महानगरपालिकाको घाटीछिना देखि प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तब्य पञ्चासे सम्म झण्डै १२ अर्बको लागतमा ८ किलोमिटर लामो केबलकार सहित पर्यटकीय पुर्बाधार निर्माणको प्रकृया पनि अघि बढाएको छ । पञ्चासे केबलकार निर्माणका लागि लगानीबोर्डमा स्विकृतीका लागि प्रकृयामा रहेको छ।






