पर्वत- पर्वतको जलजलाकोे गाउँपालिकाको छैटो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ ।
हेरौ पुर्ण पाठ ।
आदरणीय सभाअध्यक्ष ज्यु,
गाउँसभाका सदस्यहरु,
उपस्थित सम्र्पुण अतिथिगण,
सम्पुर्ण कर्मचारीहरु तथा
उपस्थित सम्पुर्ण महानुभावहरु
संघिय गणतन्त्र नेपालमा आर्थीक विकासको राष्ट्रिय लक्ष्य प्राप्त गर्न स्थानिय सरकारको रुपमा रहेको जलजला गाँउपालिकाले आफ्नो क्षेत्रभित्रको सीमित स्रोत साधनहरुको अधिकतम परिचालन गरी जनताका आवश्यकता र चाहानाको प्रत्याभुत गर्न, राजनितिक परिवर्तनलाई संस्थागत गर्न र राज्यप्रति जनविश्वाश वृद्धि गर्न, नागरीक अभियानहरुको एजेण्डालाई संस्थागत गर्न, संघिय लोकतान्त्रीक शासन व्यवस्थालाई सफल वनाउन सिमित श्रोत र साधनका वावजुत जनताका आकाक्षां पुरा गर्न तत्पर रहेको छ । राष्ट्रहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै देशलाई आमुलरुपमा परिवर्तन गरी सामाजिक रुपान्तरण गर्ने अदम्य उत्साह, आँट, जोश, जाँगर र साहसका साथ राष्ट्र र जनताको समग्र उत्थानका लागि समृद्ध नेपालको सुन्दर सपना वोकेर आफ्नो जीवन उत्सर्ग गर्ने नेपाल आमाका सन्तती, सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरुप्रति हार्दिक श्राद्धाञ्जली समर्पण गर्दछु ।
जलजला गाँउपालिकाको वार्षीक निति तथा कार्यक्रम वमोजिमका उद्येश्य पुरा गर्ने लक्ष्यका साथ आ.व ७६।७७ को बजेट प्रस्तुत गर्न पाँउदा अत्यन्त गौरवान्वीत भएको छु ।
राज्यको निर्देशक सिद्धान्त, संघिय एवं प्रादेशिक आर्थीक निति एवं जलजला गाँउपालिकाको निति तथा कार्यक्रम एवं गाँउसभाका सदस्यहरुको सुझावलाई समेटी यो बजेट निर्माण गर्न ध्यान र्पुयाएको छु ।
वित्तिय संघियताको र्मम अनुरुप गाँउपालिकाले संघिय एवं प्रदेश सरकारवाट प्राप्त गरेका एवं गर्ने वित्तिय समानिकरण, शसर्त अनुदान , राजश्व वाँडफाँड, समानिकरण अनुदान एवं आन्तरिक श्रोत समेतलाई ध्यान दिई वजेट तर्जुमा गरेको छु । पुर्वाधारका अलावा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने गाँउपालिकाको निति अनुरुप वजेट तर्जमा गर्ने प्रयास गरेको छु ।
जनताको आकाँक्षा, एवं जनप्रतिनिधिहरुको विकासको चाहाना पुरा गर्न मौजुदा कानुनी व्यवस्था परिधिमा रहि बजेट तर्जमा गरेको छु ।
सभाअध्यक्ष ज्यु,
आर्थीक वर्ष ७६।७७ को बजेटका उद्येश्यहरु निम्न रहेका छन ।
गाउँपालिकाको आर्थिक, सामाजिक, एवं पूर्वाधार विकासको सम्भावनालाई उजागर गर्ने ।
गाउँपालिकामा रहेको गरिबी न्यूनीकरण गर्न रणनीतिक योजनाहरुको तर्जुमा गर्ने,
गाउँपालिकाको नीतिगत, संस्थागत र भौतिक पूर्वाधार स्थापना गर्ने ।
सुशासन प्रबद्र्धन गरी विकास आयोजना एवं कार्यक्रमहरुलाई नतिजा मुलक र उत्पादन मुलक बनाउने ।
सामाजिक आर्थिक रुपमा पछाडि परेको वर्गहरुलाई स्वरोजगार सृजना गरी आत्म निर्भर तर्फ उन्मुख गराउने ।
सभाध्यक्ष महोदय, अव म आगामी आर्थिक वर्षको आय प्रक्षेपणको विवरण पेश गर्न चाहन्छु ।
राजश्व परामर्श समितिको सिफारिस समेतका आधारमा आगामी आ.व. २०७६।७७ मा गाउँपालिकाले लगाउने कर तथा शुल्क, दस्तुर आदिबाट कुल २,५८,८९०००।— (दुइ करोड अन्ठाउन्न लाख उनान्नव्वे हजार ) मात्र राजश्व प्राप्त हुने अनुुमान गरिएको छ ।
नेपाल सरकाद्धारा आ.व. २०७६।७७ मा यस गाउँपालिकाको लागि दिने अनुदानको हिस्सा देहाएवमोजिम रहने अनुमान गरीएको छ ।
वित्तिय समानिकरणमा रु. ९,१७,००,०००।—( नौ करोड सत्र लाख मात्र )
राजश्व वाडफाँड वाट रु. ६,५३,००,०००।— ( छ करोड त्रिपन्न लाख रुपैया मात्र )
सशर्त अनुदानको रुपमा रु. १६,०८,००,०००।—( अक्षरुपी सोह् करोड आठ लाख रुपैयाँ मात्र )
सामाजिक सुरक्षा कार्यक्रम रु.६,५०,००,०००।—( छ करोड पचास लाख मात्र )
त्यसैगरी गण्डकी प्रदेश सरकारले आगामी आ.वका लागी यस गाउँपालिकाका लागि दिने अनुदानको हिस्सा देहाएवमोजिम रहेको छ ।
ड्ड वित्तिय समानिकरणमा रु १,२१,५१,०००।—( एक करोड एक्काइस लाख एकाउन्न हजार मात्र )
ड्ड राजश्व वाडफाडको रुपमा रु २९,३५,०००।—( उनन्तीस लाख पैतीस हजार मात्र )
ड्ड समपुरक अनुदान रु १,००,००,०००।—( एक करोड रुपैया )
उल्लेखीत नेपाल सरकार एवं प्रदेश सरकारवाट प्राप्त शसर्त अनुदान, राजश्व वाँडफाँड, वित्तिय समानिकरण अनुदान एवं सम्भावित राजश्व एवं अ ल्या. समेतका आधारमा यस वर्षको कुल बजेट रु ४३,३७,७५,०००।– ( त्रिचालीस करोड सैतीस लाख पचहत्तर हजार ) रुपैयाको हुनेछ ।
सभाध्यक्ष महोदय,
अव म व्ययको अनुमान प्र्रस्तुत गर्न चाहन्छु । आगामी आर्थीक वर्षमा शर्सत अनुदानमा रु रु. १६,०८,००,०००।—( अक्षरुपी सोह् करोड आठ लाख रुपैयाँ मात्र ) खर्च हुने अनुमान गरेको छु । शसर्त तर्फ शिक्षा, स्वास्थ्य, कृषी, पशु, नविकरणीय उर्जा, ग्रामिण विकास पुर्वाधार एवं प्रधानमन्त्री रोजगार कार्यक्रम समावेश भएका छन । यसको विस्तृत विवरण संघिय सरकारले उपलव्ध गराएवमोजिम हुनेछ । सामाजीक सुरक्षा भत्ताका लागी रु ६,५०,००,०००।—( अक्षरुपी छ करोड पचास लाख रुपैया मात्र ) विनियोजन गरेको छु । त्यसैगरी वडा कार्यालय एवं गाँउपालिका कार्यालय समेत तर्फ गरी चालुतर्फ जम्मा रु ६,१२,००,०००।—( अक्षरुपी छ करोड वाह् लाख रुपैया मात्र विनियोजन गरेको छु । आगामी आर्थीक वर्षका लागी पुजीँगत तर्फ देहाएवमोजिमको रकम विनियोजन गरेकी छु ।
क्र.स क्षेत्र रकम अंकमा अक्षरुपी
१ उद्योग तथा वाणीज्य ५,००,०००।— पाँच लाख
२ कृषी ५४५००००।— चउन्न लाख पचास हजा।र
३ खानेपानी तथा सरसफाइ ८१५००००।— एकासी लाख पचास हजार
४ खेलकुद तथा मनोरञ्जन ४९०००००।— उन्पचास लाख
५ जलाधार संरक्षण १७५००००।— सत्र लाख पचास हजार
६ पर्यटन ३५५००००।— पैतिस लाख पचास हजार
७ पशु विकास तर्फ ३८०००००।— अड्तिस लाख
८ भवन तथा शहरी विकास तर्फ १९९७५०००।— एक करोड उनान्सयह लाख पचहत्तर हजार
९ फर्नीचर ७०००००।— सात लाख
१० मेशीनरी औजार ५०००००।— पाँच लाख
११ लैगंीक समानता तथा सामाजीक समावेशीकरण ५८०००००।— अन्ठाउन्न लाख
१२ वातावरण संरक्षण तथा जलवायु परीवर्तन ४५००००।— चार लाख पचास हजार
१३ विपद व्यवस्थापन कोष १००००००।— दश लाख
१४ शिक्षा ७१०००००।— एकहत्तर लाख
१५ संस्कृती प्रर्वद्धन २१५००००।— एक्काईस लाख पचास हजार
१६ सवारीसाधन ३५०००००।— पैतिस लाख
१७ सिचाइ ५३०००००।— त्रिपन्न लाख
१८ स्थानीय तथ्यांक संकलन र अभिलेख ८०००००।— आठ लाख
१९ स्थानीय सडक ६०००००००।— छ करोड
२० स्वास्थ्य १६०००००।— सोह्र लाख
जम्मा १३६९७५०००।– तेह्र करोड उन्सत्तरी लाख पचहत्तर हजार
उल्लेखीत क्षेत्रगत विनियोजन रु १३,६९,७५,०००। (अक्षरुपी तेह्र करोड उन्सत्तरी लाख पचहत्तर हजार) का अलावा वर्गीकृत नभएको विनियोजन रकम रु ९८,०००००( अक्षरुपी अन्ठान्नब्बे लाख) समेतका आधारमा आगामी वर्षको पुँजीगत तर्फ कुल रकम रु. १४,६७,७५०००।— (अक्षरुपी चौध करोड सतसट्ठी लाख पचहत्तर हजार रुपैया) वजेट विनियोजन गरिएको छ । प्रस्तुत योजना तथा कार्यक्रमहरुको कार्यान्वयनबाट गाउँपालिका क्षेत्रको आर्थिक, सामाजिक एवं पूर्वाधार विकासको सम्भावना उजागर भई समुदायमा आधारित समावेशी विकासको आधार खडा हुने अपेक्षा लिइएको छ । अव म योजनाहरुको नाम र कार्यान्वयन हुने स्थान र विनियोजित रकम उल्लेख गर्न चाहन्छु ।






